फलामे डण्डीमा कर बढ्यो, मूल्य पनि आकासिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 02:23:46 PM मा प्रकाशित

laxmi  sunrise bank

फलामे डण्डीको भाउ बढ्ने भएको छ । वर्षाको मौसक करिब करिब सकिएर विकास निर्माणको सिजन सुरु हुनै लाग्दा अर्थमन्त्री जनार्दन शर्माले फलाम तथा स्टिलबाट बनेका स्पात (नन एल्वाए), लाप्सा डण्डी लगायतमा कर बढाएका हुन् ।

शुक्रबार अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न बनेको विधेयकमार्फत अर्थमन्त्री शर्माले फलामे डण्डी तथा छडमा करको दर बढाएसँगै अब निर्माण क्षेत्रमा असर पर्ने भएको छ ।

अर्थ मन्त्रालय स्रोतले भने नेपालमै उत्पादनको सम्भावना हुँदाहुँदै पनि उच्च मात्रामा आयात भईरहेकाले आयात प्रतिस्थापन गर्न फलाम, स्टिललगायत वस्तुमा कर बढाइएको बताएको छ । 

यसअघि फलाम तथा अमिश्रित स्पातका लाप्सा र डन्डीको कर १ हजार ६५० रुपैयाँ प्रतिटन रहेकोमा अहिले २ हजार २ सय र तापवेलित (हटरोल्ड) तथा असममित रुपले बेरिएको कुण्डली (क्वालय) को कर १ हजार ६५० रुपैयाँ प्रतिटन रहेकोमा अहिले बढाएर प्रतिटन २ हजार ५ सय पु¥याइएको छ ।

बढेको करका दर शुक्रबारबाटै लागू भईसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved