किनबेचद्धारा डिजिटल माध्यमबाट नेपाली बस्तु विदेशमा बेच्ने अभियान सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2021 | 04:53:06 PM मा प्रकाशित

laxmi  sunrise bank

किनबेच विजनेस डटकमले डिजिटल प्ल्याटफर्ममार्फत नेपाली सामाग्रीहरुलाई विश्वबजारमा पुर्याउने अभियान सुरु गरेको  छ । 

उक्त प्ल्याटफर्मले ‘एक घर, एक उद्योग’ मिशनका साथ नेपाली युवाहरुलाई रोजगरी तथा विजनेस गर्न प्रेरित गर्नुको साथै मार्गदर्शनसमेत दिने कम्पनीका सिइओ विश्वास बडुले जानकारी दिए । उनकाअनुसार प्रत्येक दिन पन्ध्र सयभन्दा बढिको संख्यामा विदेशिन बाध्य भएका युवाहरुलाई नेपालमै उद्योग सञ्चालन गर्न प्रेरित गर्ने कम्पनीको लक्ष्य छ । 

कार्यक्रममा किनबेच विजनेस डटकमका सिइओ तथा संस्थापक बडुले उक्त प्ल्याटफर्मलाई अन्र्राष्ट्रियकरण गर्न आफूहरु लागिपरेको बताए ।

उनले भने, ‘किनबेच विजनेस डटकमलाई हामीले आज औपचारिक रुपमा उद्घाटन गरेको छौँ । यसमा तपाईहरुले किन्न अथवा बेच्नसक्ने व्यवस्था गरिएको छ । यस प्रविधियुक्त प्रणालीले प्रत्येक घरमा एक उद्योग बनाउन सक्नेछ ।’ 

कुनैपनि लगानी गर्न चाहने व्यक्तिहरुले ८० प्रतिशत लगानी गरे कम्पनीले २० प्रतिशत लगानी गरिदिने उनको भनाई छ ।

 उनले भने, ‘हामीले कुनै व्यक्तिको सामान बेचिदिए बापत १० प्रतिशत लिनेछौँ । हामीलाई कम्पनी उकास्न कसैले डोनेशन दियो भने हामीले लाभांस समेत दिने छौँ । यस कम्पनीलाई हामी विश्वव्यापी रुपमा परिचित गर्ने लक्ष्य लिएका छौँ ।’ 

कार्यक्रममा वैज्ञानिक तथा माइन्ड काउन्सेलर कपिल पौड्यालले देश बनाउन व्यक्ति बन्नुपर्ने बताए । 

कम्पनीका फाउण्डर यशराजले किनबेच विजनेस डटकमको मुख्य उद्देश्य ‘एक घर, एक उद्योग’ रहेको बताए । 

उनले भने,‘हामी युवाहरु नेपालमा काम नभएर विदेसिन्छौँ । म पनि जापान बसें, ज्ञान लिएर त्यहाँ प्रयोग हुने प्रविधिलाई यहाँ ल्याउन प्रयत्न गरेको छु । स्वास्थ्यको ख्याल गरी हामीले स्वच्छ सामाग्री प्रदान गर्नेछौ ।’ 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved