पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2021 | 09:54:42 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न छ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा शुक्रबार गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्य वृद्धिले आमनेपालीको जनजीवनमा सिर्जना गरेको नकारात्मक परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरुले जनाएका छन्।

दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्य वृद्धिले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

संयुक्त विज्ञप्तिमा निगमभित्रको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलिया पदार्थ उपलब्ध गराउन विभिन्न उपायको खोजी गर्नेतर्फ लाग्न अनुरोध गरिएको छ । अन्तरराष्ट्रिय बजारको मूल्य समायोजनको हवाला दिँदै गरिएको मूल्यवृद्धि फिर्ता लिन उनीहरुले माग गरेका छन् ।

यसरी माग गर्नेमा अखिल(क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल(छैटौँ) का अध्यक्ष देवेन्द्र कुँवर, अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाही र अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल छन। 

त्यस्तै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले इन्धनमा गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सबै क्षेत्रको महँगी बढ्न गई सेवाग्राही र जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको छ । 

अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष सरोकार राख्ने वस्तुसँग सरकार गम्भीर हनुपर्ने बताइएको छ । सरकारले शुक्रबार रातिदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको हो । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । 

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले घाटा कम गर्न निगमले स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको रु १३३ कायम गरेको छ । त्यसैगरी डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर रु तीनले बढेर रु ११६ कायम गरेको छ । एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु ५० वृद्धि गरी एक  हजार ५०० कायम गरिने भएको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved