२ अर्ब बढी राजस्व छलीका १७ मुद्दा दर्ता, यी हुन् कर छली गर्ने कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2021 | 10:01:48 AM मा प्रकाशित

laxmi  sunrise bank

राजस्व अनुसन्धान विभागले कर छली गरेको अभियोगमा विभिन्न कम्पनी, तिनका सञ्चालकविरुद्ध १७ वटा मुद्दा दर्ता गरेको छ । विभागले बुधबार एक सूचना जारी गर्दै २ अर्ब ३६ करोड बढी बिगो कायम गरी मुद्दा दर्ता गरिएको जनाएको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको कसुरमा कम्पनीका (फर्म) सञ्चालक, प्रोप्राइटर तथा मुख्य अभियुक्तबाट २ अर्ब ३६ करोड ४५ लाख बिगो असुलउपर गरी जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर भएको छ ।

सबै मुद्दा उच्च अदालत पाटनमा दर्ता गरिएका छन् । 

विभागले प्रतिवादी बनाएर मुद्दा दायर गरेकाहरुमा सङ्ग्रिला ट्रेड एण्ड सप्लायर्स, महालक्ष्मी ट्रेड कन्सर्न, चन्दन सप्लायर्स, हनुमान सप्लायर्स, डिलाइट इन्टरप्राइजेज प्रा.लि., जिएम इम्पोर्ट एण्ड एक्सपोर्ट, पिआर निर्माण सेवा, डिएन इन्टरनेशनल, हिमालयन नेपाल सप्लायर्स, श्रीआरपी ट्रेडर्स, इन्फ्राटेक प्रा.लि., शाकीर अली, नितिश इम्पेक्स, मोर्गन ट्रेड लिङ्क, राइज अटो ट्रेड प्रा.लि. रहेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved