अर्थमन्त्री शर्मा र राष्ट्र बैंकका गभर्नर अधिकारीबीच आइतबार पनि छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2021 | 09:28:47 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच आइतबार पनि छलफल भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको तथा मौद्रिक नीतिको समीक्षा गर्ने समय नजिकै आइरहेको बेला अर्थमन्त्री शर्मा र राष्ट्र बैंकका गभर्नर अधिकारीबीच छलफल भएको हो ।

अर्थमन्त्रालयमा भएको छलफल नियमित भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको आगामी मङ्सिरको पहिलो साता समीक्षा गर्ने तयारी गरेको छ ।

यसअघि अर्थमन्त्री शर्माले क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर तरलताको समस्या समाधान गर्ने विषयमा छलफल गरेका थिए । अर्थमन्त्रीका प्रेस सल्लाहकार गोविन्द रोकाले छलफल नियमित भएको बताए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved