नेपाल व्यापार एकिकृत रणनीति तयार पार्दै सरकार, सुझाव दिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2022 | 09:45:22 AM मा प्रकाशित

laxmi  sunrise bank

 सरकारले नेपाल व्यापार एकिकृत रणनीति, २०७९ को तर्जुमा गर्नका  लागि सरोकारवाला तथा सर्वसाधारणबाट सुझाव आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल व्यापार एकिकृत रणनीति, २०७३ लाई पुनरावलोकन गरी अर्को पाँच वर्षको लागि रणनीति तर्जुमा कार्य प्रारम्भ गरेको हो।

नयाँ रणनीति तर्जुमा गर्दा सुधारका नीतिगत तथा कार्यक्रमगत विषय लागू गर्न आवश्यक पर्ने वित्तीय स्रोतको अनुमान तयार गरी लगानी योजना समेत निर्माण गर्ने सोच राखिएको मन्त्रालयले जनाएको छ। रणनीति तर्जुमामा सबै सरोकारवालाको सहभागिता हुने अपेक्षाका गरीएको मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयले २०७८ साल चैत २२ गते सम्म पठाई सक्न आग्रह गरेको छ ।  कल रेकर्ड गरेर, वा इमेल मार्फत वा कार्यालय मै सुझाव पठाउन सकिने मन्त्रालयले जनाएको छ  ।

मन्त्रालयले नयाँ रणनीति तर्जुमा गर्दा निम्न विषयहरू समेटेर विश्लेषण गर्ने प्रस्ताव गरेको छ

(क) विगतका नीतिहरूको कार्यान्वयन, अवरोध र उपलब्धिको समीक्षा,

(ख) क्षेत्रगत आर्थिक, सामाजिक नीतिहरू र व्यापार प्रवर्द्धन बीचको तादात्म्यताको समीक्षा,

(ग) संघीय संरचनामा तीनै तहका सरकारले व्यापार प्रवर्द्धनमा खेल्न सक्ने र पर्ने भूमिकाको पहिचान र त्यसको लागि गर्नुपर्ने काम,

(घ) अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धी हुन गर्नुपर्ने । सुधार र द्विपक्षीय तथा बहुपक्षीय तहमा लिनुपर्ने पहल कदमी,

(ङ) निर्यात व्यापार प्रवर्द्धनका लागि भू-आर्थिक र आर्थिक कुटनीतिको विषय र यस सम्बन्धमा लिनुपर्ने नीति,

(च) व्यापारबाट सिर्जना हुने लाभको समतामूलक वितरणका सन्दर्भमा श्रमिक, महिला, विपन्न र विभेदमा परेका वर्गले व्यापारमा गरेको योगदान तथा उनीहरूले पाउने प्रतिफलको समीक्षा र नीतिगत तथा संरचनागत सुधार,

(छ) व्यापार पूर्वाधार (Trade Logistics) विकासको ठोस प्रस्ताव र व्यापार सहजीकरणका लागि गर्नुपर्ने सुधार,

(ज) गैरकर अवरोध (Non-Tariff Barriers) को न्यूनीकरण र गुणस्तरीय पूर्वाधार (Quality Infrastructure) मा गर्नुपर्ने सुधार,

(झ) व्यापार प्रवर्द्धनका लागि सहयोगी व्यवसायिक वातावरण निर्माण गर्न लगानी प्रवर्द्धन, बौद्धिक सम्पतिको संरक्षण र नयाँ-पुस्ताको औद्योगीकरण (Industry ४.० तथा ५.०) मा गर्नुपर्ने काम,

(ञ) दिगो निर्यात प्रवर्द्धनका लागि मुलुकले ध्यान केन्द्रित गर्नुपर्ने निर्यातयोग्य वस्तु तथा सेवा समूहको पहिचान, विकास र प्रवर्द्धन, आन्तरिक, क्षेत्रीय र वैश्विक मूल्य-शृंखला निर्माणका लागि गर्नुपर्ने सुधार ।

सुझाव दिने ठेगाना : 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,

सिंहदरबार व्यापार नीति तथा व्यापार सहायता शाखा

कल रेकर्डको लागि टेलिफोनः ०१४२११४६०, ०१४२११२५२

ईमेल: [email protected], [email protected], [email protected]

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved