अर्थमन्त्रीले उठाए नेप्सेमा कारोबार रोकिएको विषय, छानविन गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2022 | 08:25:30 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालय मातहतका कार्यालयहरुको दोस्रो त्रैमासिक समिक्षा सम्पन्न भएको छ ।

महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधिकरण, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि बिकास बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, संचय कोष, राजस्व परामर्श समिति, एमसिसी परियोजना, बिमा समिति, बिमा संस्थान, बिमा कम्पनी, नेपाल राष्ट्र बैंक लगायतको दोस्रो त्रैमासिक समिक्षा सम्पन्न भएको हो ।

चाल आर्थिक बर्ष २०७८–७९ को दोस्रो त्रैमासिकका लागि राखिएको लक्ष्यअनुसार अधिकांश काम सम्पन्न भएको सबै निकायले जानकारी दिएका थिए ।

कार्यक्रममा अर्थमन्त्री जनादर्न शर्माले नीति निर्माणमार्फत अर्थतन्त्रमा सुधार गर्न र पुँजी निर्माणमा ध्यान दिन निर्देशन दिएका छन् । संस्था सुधार गर्ने, प्रविधिको प्रयोग गर्ने, प्रविधिको अपडेट गरिरहने लगायतका कुरामा ध्यान दिनुपर्ने मन्त्री शर्माको भनाई छ ।

‘हामी आफैंले बनाएको नियम, कानूनले आफैंलाई बाँध्ने काम गरिरहेका छौं । नियम, बिनियम संशोधन गरेर कार्य प्रकृति अनुकुल बनाउनस्’ उनले भने । 

उनले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आयातमा परेको चापका कारण अर्थतन्त्रका केही सूचक अपेक्षाकृत नभएपनि बिस्तारै सुधार भइरहेको बताएका छन् । 

‘आयातमा भएको वृद्धि हामीले लिएको नीतिअनुसार बिस्तारै सुधार भइरहेको छ । राष्ट्र बैंक अझै उदार भयो भने यो समस्या सुधार हुन्छ । अन्य बैंक बित्तिय संस्थालाई पनि मैले सुधारका काममा केन्द्रित गर्न भनेको छु’ मन्त्री शर्माले भने ।

बैंकको बढ्दो ब्याजदरप्रति मन्त्री शर्माले थपे, ‘बैंकिङ क्षेत्र र व्यवसाय एकै ठाउँमा हुन्छ । अहिले ब्याजदर बढ्यो भनेर व्यवसायीले बिरोध गरिरहेका छन् । यसलाई समाधान गर्ने की हामीले यस्तै चलाइरहने हो भन्ने कुरामा राष्ट्र बैंकले ध्यान दिनुहोला ।’

उनले डलर भित्र्याउन सहजीकरण गर्नुपर्ने, रेमिट्यान्स एजेन्टको कमिसनदर बारे अध्ययन गरेर बिदेशमा रहेका नागरिकको पैसा सहज रुपमा नेपाल भित्र्याउन पहल गर्ने तथा रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट ल्याउन सबै प्रकारका पहलकदमी अवलम्बन गर्नुपर्ने सुझाव दिए । 

नागरिक लगानी कोषमा १ खर्ब रुपैयाँ भन्दा बढी पैसा रहेको र त्यसलाई पँुजी निर्माणमा केन्द्रित गर्न सुझाव पनि दिए । 

केही दिनअघि नेप्से बन्द भएको बिषयमा ध्यानाकर्षण भएको भन्दै मन्त्री शर्माले उक्त सममस्याको तत्कालन छानबिन गर्न र आइन्दा यस्ता समस्या दोहोरिन नदिन धितोपत्र बोर्ड र नेप्सेका अधिकारीलाई निर्देशन दिए । 

समिक्षा कार्यक्रममा राष्ट्र बैंकका अधिकारीले मूल्यवृद्धिको बार्षिक लक्ष्य ६.५ प्रतिशत रहेको र माघ मसान्तसम्म ५.९७ प्रतिशत रही बाञ्छित सिमा भित्रै रहेको जानकारी दिएका थिए । 

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले बिदेशी मुद्राको चाप बढेको भन्दै समाधानका लागि ध्यान दिन निर्देशन दिए । उनले सबै निकाय जिम्मेवार भई काम गरे वर्तमान अर्थव्यवस्थामा सुधार गरी जनतामाझ राम्रो नतिजा दिन सकिने बताए ।

राजस्व सचिव कृष्णहरी पुस्करले सेयर बजार बन्द भएको बिषयमा जनताले दोषी थाहा पाउने गरी छानबिन गर्न उहाँले निर्देशन दिएका छन् । 

कार्यक्रममा राष्ट्र बैंकका अन्य अधिकारीसहित गर्भनर महाप्रसाद अधिकारीको पनि उपस्थिति थियो ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved