अर्थमन्त्रीलाई अर्थविद् डा. पाण्डेको प्रश्न, ‘२० खर्बको ब्यापार घाटा ब्यहोर्न तपाई तयार हो ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2022 | 11:51:27 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थशास्त्री डा. पोषराज पाण्डेले आगामी आर्थिक वर्ष २०७९/८० मा ‘२० खर्ब ब्यापार घाटा ब्यहोर्न तयार हो ?’ भन्दै अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका छन् । नेपाल आर्थिक संघका कार्यकारी सदस्यसमेत रहेका अर्थविद् पाण्डेले आगामी आर्थिक वर्षको बजेटको विषयमा आयोजित छलफलमा १७ खर्ब ४५ अर्बको बजेट सिलिङमा राखिएको राजश्व लक्ष्य नै ब्यापार घाटा बढाउने खालको भएको टिप्पणी गरेका हुन् । 

‘हामी १७ खर्ब ४५ अर्बको बजेटको सिलिङको कुरा गरिरहेका छौँ’ पाण्डेले भने, ‘यसमा १३ खर्ब ५९ अर्ब राजश्व, ५१ अर्ब वैदेशिक अनुदान, २२८ अर्ब वैदेशिक ऋण र २५७ अर्ब आन्तरिक ऋण । भन्नुको अर्थ ५ खर्ब जतिको आसपासमा ऋण ।’

उनले कुल राजश्वमा ९० प्रतिशत भन्सारबाट संकलन हुने गरेको भन्दै आयातित बस्तुमा लाग्ने अन्तशुल्क वापत ७ प्रतिशत र आयातित बस्तुमा लगाईने भ्याटवापत ३ प्रतिशत मात्रै राजश्व उठ्ने भन्दै बजेटको स्रोत नै ब्यापार घाटा बढाउने खालको भएको टिप्पणी गरेका हुन् ।

यो पनिः
अर्थमन्त्रीलाई अगाडी राखेर अर्थविद पाण्डेले भने, ‘गरिब जनता लुटेर धनी पोस्ने बजेट नल्याउनुहोस’

‘अब १३ सय ५९ अर्ब राजश्व उठाउन आयात कतिको गर्नुपर्ला ? कम्तीमा पनि २२ सय २३ सय अर्बको आयात गर्नुपर्छ’ पाण्डेले प्रश्न गरे, ‘२२/२३ खर्बको आयात गर्दा हामी निर्यात कतिको गरौँला ? ३ खर्बको ? ३ खर्बकै गर्दा पनि २० खर्ब ब्यापार घाटा हुन्छ ? के अर्थ मन्त्रालय आगामी आर्थिक वर्षमा २० खर्बको ब्यापार घाटा ब्यहोर्न तयार हो ?’

अर्थ मन्त्रालय राजश्व उठाउने र त्यसैले भोट किन्ने निकाय मात्रै बनेको भन्दै उनले अर्थमन्त्री शर्मालाई साँच्चैको अर्थ मन्त्रालय बनाउन पनि सुझाव दिएका छन् ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved