अर्थतन्त्र भनेको राष्ट्रबैंक र राष्ट्रबैंक भनेको अर्थतन्त्र होइन: गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2022 | 01:20:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र भनेको राष्ट्रबैंक र राष्ट्रबैंक भनेको अर्थतन्त्र नरहेको प्रष्ट पारेका छन् । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड् एकाउन्टेन्ट्स संस्था (आइक्यान) को कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने 'अर्थतन्त्र भनेको राष्ट्रबैंक र राष्ट्रबैंक भनेको अर्थतन्त्र होइन , अर्थतन्त्रमा चारवटा विषय छन् ती मध्ये एक हो राष्ट्रबैंक'।

उनले बाह्य क्षेत्र अहिलेका लागि चुनौतीपूर्ण कुरा भएको बताए । उनले भने 'हाम्रो आयात बढिराको छ । इम्पोर्ट धान्ने हामीले रेमिट्यान्सबाट हो । इम्पोर्ट र एक्स्पोर्टको ग्याप कसरी मिट गर्ने ? यो रातारात हुने कुरा होइन । रेमिटान्स पनि त्यति सस्टेनेबल छैन । हामीले इम्पोर्ट कम गर्न जरुरी छ । कृषीजन्य आयात त हामीले उत्पादन बढाएर पनि कम गर्न सक्छौं । '

उनले महंगो सामान ल्याउने तर उपभोग नहुने स्थिति रहेको छ भन्ने शंका व्यक्त गरेका छन्। कहीँ कतै सामान नआइकन पनि पेमेन्ट भईरहेको उनको आशंका छ । उनले भने ' हामीले महंगो सामान ल्याउने तर उपभोग नहुने स्थिती त छैन ? कहीँ कतै सामान नआइकन पनि पेमेन्ट र गरिराको छैनौं ?'

रेमिट्यान्सलाई औपचारिक बनाउन खोज्दा पनि सम्भव नहुने उनले बताए । उनले भने 'माल्दिभ्सले विदेशी मुद्रा बाहिर पठाउन सक्दैन । कोरियाले पनि आफ्नो देशको पैसा आफैंसँग राख्ने नीति बनाएको छ । ती र त्यस्ता देशहरूबाट औपचारिक रूपमा विदेशी संचिती बढाउन गाह्रो छ ।'

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved