नेपाल
राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र
बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ
३२ पैसा कायम गरेको छ ।
युरोपियन
यूरो एकको खरिद दर १२९ रुपैयाँ छ पैसा र बिक्री दर १२९ रुपैयाँ सात पैसा छ । यूके पाउन्ड
स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ छ पैसा र बिक्री दर १५३ रुपैयाँ ८२ पैसा छ । स्वीस
फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ५५ पैसा र बिक्री दर १२५ रुपैयाँ १६ पैसा रहेको राष्ट्र
बैंकले जनाएको छ ।
अष्ट्रेलियन
डलर एकको खरिद दर ८७ रुपैयाँ ९२ पैसा र बिक्री दर ८८ रुपैयाँ ३६ पैसा छ । क्यानेडियन
डलर एकको खरिद दर ९५ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ एक पैसा छ ।
जापानी
येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ३९ पैसा र बिक्री दर नौ रुपैयाँ ४४ पैसा छ
भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा
रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी
अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ४५ पैसा र बिक्री दर ३२ रुपैयाँ ६१ पैसा
छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३७ पैसा र बिक्री दर ३३ रुपैयाँ ५४ पैसा
रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन
रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १३ पैसा रहेको
छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६७ पैसा र बिक्री दर नौ रुपैयाँ ७१ पैसा
कायम भएको छ ।