बिजपाटी समाचार प्रभाव: खाँडादेवीको सिँचाई आयोजनामा २३ लाख भ्रष्ट्राचार प्रमाणित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 12:18:15 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर ९ पिङ्खुरीस्थित बेसिटोल सिँचाई आयोजनामा अर्को समितिले गरेको कामको तस्बिर देखाएर फरक समितिले २३ लाख भूक्तानी लिएको प्रमाणित भएको छ ।

बुधबार बिजपाटी डटकम सहितका सञ्चार माध्यममा आयोजनाका लागि खाँडादेवी गाउँपालिका र जिल्ला सिँचाई कार्यालय रामेछापबाट फरक फरक सम्झौता हुने गरी क्रमशः २० लाख र ३२ लाख बजेट परेकोमा पालिकाबाट सम्झौता भई उपभोक्ता समितिले काम गरेको तर, जिल्ला सिँचाई कार्यालय रामेछापबाट सम्झौता भएर काम हुनुपर्नेमा उपभोक्ता समिति बनेको तर काम नगरी पालिकाबाट सम्झौता भएर भएको कामको फोटो देखाएर २३ लाख भूक्तानी लिएको समाचार सार्वजनिक भएको थियो ।

लगत्तै, जिल्ला सिँचाई कार्यालय मन्थलीबाट आयोजना स्थलमा अनुगमनमा टोली पुगेको थियो । टोलीमा कार्यालयका इन्जिनियर दिवाकर प्रसाद लगायतका व्यक्तिहरु थिए । 

अनुगमनमा गएको टोलीले उक्त काम पालिकाबाट सम्झौता भएर भएको, जिल्ला सिँचाई कार्यालयबाट सम्झौता भएर हुनुपर्ने काम नभएको, जिल्ला सिँचाई कार्यालयमा सम्झौता गर्न बनेको गणेश भण्डारी अध्यक्ष, शेर बहादुर भण्डारी सचिव र चुडाराज भण्डारी कोषाध्यक्ष रहेको उपभोक्ता समितिले काम नगरेको र कोषाध्यक्ष चुडराज भण्डारीले अर्को समितिले गरेको कामको फोटो देखाएर २ पटक गरी २३ लाख भूक्तानी लिएको ठहर गरेको हो ।

यसअघिः
रामेछापको खाँडादेवीको सिँचाई आयोजनामा २३ लाख भ्रष्टाचार

यसैबीच, वडाध्यक्ष अक्कल बहादुर भण्डारीको अध्यक्षतामा एउटा बैठक बसी अर्कै समितिले गरेको कामलाई आफ्नो समितिले गरेको भन्दै जिल्ला सिँचाई कार्यालयबाट झुक्याएर २३ लाख भूक्तानी लिने चुडराज भण्डारीलाई कारबाहीको दायरामा ल्याउने निर्णय पनि गरेको छ ।

जिल्ला सिँचाई कार्यालय रामेछापका प्रमुख रामनरेश मण्डलले आफू अहिले बाहिर रहेको र रामेछाप पुग्नासाथ कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।

यस्तै, सरोज भण्डारी अध्यक्ष र सुवास भण्डारी सचिव रहेको समितिले काम सम्पन्न गरी पालिकाबाट भूक्तानीका लागि लिएका थिए । तर, पालिकाको लेखा शाखाले चेक फिर्ता गर्न अनुरोध गरेपछि बिहिबार उनीहरुले चेक फिर्ता गरेका थिए । वडाध्यक्षको अध्यक्षतामा र सिँचाई कार्यालयबाट प्रतिनिधि, स्थानीय सहितको बैठकले पालिकाले फिर्ता लिएको चेक उपभोक्ता समितिका अध्यक्ष सरोज भण्डारीलाई भूक्तानीका लागि दिने निर्णय पनि गरेको छ । 

काम नै नगरी भूक्तानी लिने उपभोक्ता समितका कोषाध्यक्ष रहेका चुडाराज भण्डारी खाँडादेवी गाउँपालिका वडा नम्बर ९ मा नेकपा एकिकृत समाजवाटी पार्टीबाट वडाध्यक्षको उम्मेदवार समेत थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved