शुक्रबारबाट सरकारी भूक्तानी बन्द हुँदै, महालेखाले निकाल्यो यस्तो सूचना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2022 | 05:06:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको नियमित भुक्तानी असार २४ गते शुक्रबार (भोली) देखि रोकिने भएको छ । महालेखा नियन्त्रकको कार्यालयले शुक्रबारबाट सरकारी भुक्तानी बन्द हुने जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार भोलीबाट भुक्तानी नहुने जनाएको हो । 

नियमावलीको नियम ३० मा केन्द्र सरकारको भुक्तानी रकम फ्रीज नहुने भनि लेखिएको बाहेक अन्य भुक्तानी आर्थिक वर्ष सकिनुभन्दा ७ दिन अगावै बन्द हुने उल्लेख छ। 

केन्द्र सरकारले जरुरी खर्च गर्नु परे वा स्रोत फेरिए थप बजेट पाए मात्रै भुक्तानी हुनेछ। प्रदेश र स्थानीय तहले यो सुविधा पाउने छैनन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved