'अब आउने अर्थमन्त्रीले पनि उच्च आर्थिक वृद्धिदर गर्ने लक्ष्य राख्न खोज्यो भने झन् समस्या हुन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2022 | 07:32:13 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले उच्च आर्थिक वृद्धि गर्ने लक्ष्य राख्ने तर निर्यात हुने वस्तुहरुको कच्चा पदार्थ र प्रविधिलाई आयात गरेर निर्यातको आधार बनाउन नसके सरकारले उच्च व्यापार घाटा व्यर्होर्नु पर्ने बताएका छन् । सोमवार अनेरास्ववियु केन्द्रिय कमिटीद्वारा आयोजित ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तर्रास्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।

उनले नेपालमा उत्पादनको लागि वस्तु आयात गर्ने तर निर्यात गर्ने नगर्ने अवस्था नभएकाले उच्च व्यापार घाटा बढ्दै गएको बताए ।पूर्वअर्थमन्त्री डा.खतिवडाले सेवा,रेमिट्यान्स,उच्च कर्जा प्रवाह,प्रत्येक्ष विदेशी लगानीलाइ व्यवस्थित गर्न नसके व्यापार घाटा  र विदेशी मुद्रा सञ्चिति घट्दै जाने बताए । उनले अर्थतन्त्रमा संरचनागत समस्या रहेको भन्दै समाधान गर्न समय लाग्ने बताए । डा. खतिवडाले अर्थतन्त्रका सूचकहरु चुनौतीपूर्ण रहेको अवस्थामा अब आउने अर्थमन्त्रीले पनि उच्च आर्थिक वृद्धिदर गर्ने लक्ष्य राख्न खोज्यो भने व्यापार घाटाको समस्या कामय रहने बताए  ।

उनले नेपालको अर्थतन्त्रका सूचक भारतसँग तुलना गरेर हेर्नुपर्ने बताए । भारतसँग खुल्ला सीमाना खुल्ला आर्थिक कारोबार भएको भन्दै भारतसँग नेपालका आर्थिक सम्बन्धहरु जटिल बन्दै गएको डा.खतिवडाले बताए । उनले विगतमा भारतसँथग भएका आर्थिक सन्धि सम्झौताहरुमा पुनारावलोकन गर्नुपर्ने आवश्यकता भएको बताए ।

उनले भने,‘हाम्रा हेरक अर्थतन्त्रका श्रृंखलालाई हेर्दा कृषि उत्पादन,औद्योगीक उत्पादन,सेवा क्षेत्रमा कति आयातित वस्तुहरु छन्  । त्यसले बढाउने हो उत्पादन । आयात बढ्पछि व्यापार घाटा बढ्ने नै भयो । अब हामीले निर्यात हुने वस्तुहरुको मेसिन ,कच्चा पदार्थ,प्रविधि आयात गरेर निर्यात गर्ने आधार बनाउन नसक्ने हो भने उच्च आर्थिक वृद्धिमा जाने जुनसुकै सरकारले उच्च व्यापार घाटा व्यर्होनुपर्ने हुन्छ ।सेवा,रेमिट्यान्स,उच्च कर्जा प्रवाह,प्रत्यक्ष विदेशी लगानीले त्यो कुरा पूरा गर्न सकेन भने भुक्तानी घाटा हुन्छ र विदेशी मुद्रा सञ्चिति घट्दै जान्छ । यो हाम्रो अर्थतन्त्रको संरचनागत समस्या हो । भोलि आउने अर्थमन्त्रीले पनि उच्च आर्थिक वृद्धिदर राख्न खोज्यो भने यो समस्या कामय रहन्छ । यो संरचनालाई परिवर्तन गर्न केही समय लाग्छ । समाधान नहुने हुँदैन । हाम्रो अर्थतन्त्रका सूचकलाई भारतसँग तुलना नगरे हुँदैन । वित्तिय प्रणाली,विदेशी मुद्रा सञ्चिति,ब्याजदर,भन्सार लगायत  अर्थप्रणालीका विषयमा समन्वय र तालमेल नगरी खुल्ला सीमाना,मानिसहरुले खुल्ला सीमनामा आर्थिक क्रियाकलाप हुने कुराले गर्दा भारतसँग नेपालका आर्थिक सम्बन्धहरु अलि जटिल अवस्थामा छन् । त्यसले गर्दा स्वतन्त्र र स्वायत्तता नीति कायम गर्छौं भनिरहँदा छिमेकी मुलुकको नहेरी हुँदैन । अहिलको हिजोको मात्रै नभएर भालिको अर्थमन्त्रीलाई पनि समस्या हुन्छ । हामीले भारतसँगका सन्धि सम्झौता परिमार्जन नगर्ने हो र हाम्रो राष्ट्रहीत अनकुल नीति परिर्वतन नगर्ने हो भने यो समस्या भोलि आउने सरकारलाई पनि रही रहने हुन्छ । हामी जति समस्या हो त्यति मात्रै बुझौं । जति समस्या होइन नबुझेर हामी आतङ्कित नहोऔं । हाम्रा अर्थतन्त्रका सूचकहरु दक्षिण एशियामा तुलनात्मक रुपमा राम्रो छन् । हाम्रो आर्थिक वृद्धिदरमा केही पछाडि परेका छौं ।’

 डा. खतिवडाले अर्थतन्त्रमा समस्या भएपनि दक्षिण एशियामा तुलनात्मक रुपमा नेपालको अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको दाबी गरे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved