एक वर्षमा नेपालले किन्यो १९ खर्ब २० अर्बको सामान: ब्यापार घाटा १७ खर्ब नाघ्यो, निर्यात २ खर्ब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2022 | 12:19:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष ७८/७९ मा  नेपालले १९ खर्ब २० अर्बको सामान आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा नेपालले १९ खर्ब २० अर्ब ४४ करोड बराबरको सामान आयात गरेको हो। 

अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा आयात २४.७२ प्रतिशतले बढेको हो।  आर्थिक वर्ष ७७/७८ मा नेपालले १५ खर्ब ३९ अर्ब बराबरको सामान आयात गरेको थियो । 

त्यस्तै आर्थिक वर्ष ७८/७९ मा महिनामा नेपालले २ खर्ब बराबरको सामान निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा निर्यात ४१.७४ प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षमा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड बराबरको सामान निर्यात गरेको थियो  । 

 आर्थिक वर्ष ७८/७९ मा नेपालको ब्यापार घाटा १७ खर्ब २० अर्ब पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको ब्यापार घाटा २३.प्रतिशतले बढेको हो । अधिल्लो आर्थिक वर्षमा नेपालको ब्यापार घाटा १३ खर्ब ९८ अर्ब मात्रै थियो। 

आर्थिक वर्ष ७८/७९ अवधिमा नेपालको कुल वैदेशिक ब्यापार २१ खर्ब २० अर्ब रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा नेपालको वैदेशिक ब्यापार २६.१५ प्रतिशतले बढेको हो ।  अघिल्लो आर्थिक वर्षको यहि अवधिमा नेपालको वैदेशिक ब्यापार १६ खर्ब ८० अर्ब रहेको थियो ।  

आर्थिक वर्ष ७८/७९ मा नेपालले डिजेल मात्र १ खर्ब ६८ अर्ब बराबरको आयात गरेको छ ।  त्यस्तै ७१ अर्ब ३८ करोडको पेट्रोल, ६५ अर्ब ५५ करोडको खाना पकाउने ग्यास तथा ५६ अर्ब १८ करोडको कच्चा सोयाबिन तेल आयात गरेको छ । 

यस अवधिमा नेपालले  ४८ अर्ब १२ करोडको सोयाबिन तेल निर्यात गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved