मोरङ पुगेर उद्योग मन्त्रीले भने, ‘जनार्दन शर्माले जथाभावी करका दर तोकेर लथालिङ्ग बनाईदिए’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2022 | 06:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बजेटमार्फत केही उद्योगमा करका दरहरु जथाभावी फेरबदल गरिएको स्वीकार गरेका छन् । पूर्व अर्थमन्त्री जनार्दन शर्माको नाम नलिई उद्योगमन्त्री बडूले उद्योग लक्षित करका दरहरु परिवर्तन गरेर औद्योगिक वातावरण बिगार्ने कोसिस भएको बताएका हुन् । 

उनले आफूले अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई औद्योगिक क्षेत्रमा अस्वभाविक रुपमा गरिएको गरिएको करका दर हेरफेरलाई लागू नगर्न आग्रह गरेको पनि बताए । 

‘मैले प्रधानमन्त्री ज्यूसमक्ष परिवर्तन गरिएका करका दरहरुलाई पूर्ववत् रुपमै राखौँ भनेर भनिसकेको छु’ उनले भने, ‘केही उद्योग लक्षित करका दर हेरफेर गरिएको देखिएकै छ, यो प्रधानमन्त्रीले पनि बुझ्नु भएको छ ।’

मोरङ व्यापार संघमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले औद्योगिक वातावरण बिग्रन नदिन सरकार सचेत रहेको दाबी पनि गरे । 

रुग्ण उद्योग सञ्चालन गर्न सरकारले तयारी गरिरहेको जानकारी गराउँदै उनले विराटनगर जुटमिल सञ्चालन गर्ने वा भाडामा दिने भन्ने विषयमा अध्ययन भईरहेको पनि जनाए । 

मोरङ व्यापार संघका अध्यक्ष नवीनरिजालले बजेटमार्फत वायर, सेनेटरी प्याड र घिउ, तेल उद्योगमाथि प्रहार हुने गरी करका दर तय गरेकाले यी उद्योगहरु बन्द हुन थालिसकेको जानकारी गराएका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved