आइफोनले पत्र पठाएपछि महँगा मोबाइलको आयात खुलाउने तयारी, आजै निर्णय हुन सक्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 29, 2022 | 09:15:56 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि लगाईएको आयात प्रतिबन्ध केही बस्तुमा फुकुवा हुने भएको छ । विदेशी मदिरा र मोबाइलको आयातमा लगाईएको प्रतिबन्ध खोल्ने तयारी सुरु भएको हो । 

आयात प्रतिबन्धपछि बजारमा अवैध मदिरा र मोबाइल भेटिन थालेपछि प्रतिबन्ध फुकुवा गर्ने तयारीमा सरकार लागेको हो । यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश गरिसकेको छ ।

यसअघि विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि १० वस्तुको आयातमा लगाईएको प्रतिबन्धको अवधि भोली मंगलबार सकिँदैछ। यस सम्बन्धमा आज सोमबार नै निर्णय हुन सक्ने छ । 

‘सोमबार नभए मंगलबार साँझसम्म निर्णय हुन्छ’ स्रोतले भन्यो । 

समिति नै बन्यो

बस्तुको आयात रोकिँदा केही मात्रामा विदेशी मुद्राको सञ्चिती बढेपछि सरकार निरन्तरता दिनका लागि हौसिएको पनि छ । तर, अवैध मदिरा र मोबाइल बजार भरी पाउन थालिएपछि यसले झन गम्भीर रुप लिन सक्ने भएकाले आयात व्यवस्थापनका लागि एक समिति नै बनाईएको उद्योग मन्त्रालय स्रोतले बताएको छ । 

समितिमा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, अर्थकै राजस्व सचिव रामेश्वर दंगाल, उद्योग मन्त्रालयका वाणिज्य सचिव डा. गणेश पाण्डे र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल छन्। 

अब हरेक पटक कुनै बस्तुको आयातमा प्रतिबन्ध लगाउनु पर्यो वा प्रतिबन्ध लगाईएको बस्तुको आयात खुला गर्नुपर्यो भने यो समितिले नै प्रस्ताव गर्नेछ । यसपटक पनि मदिरा र मोबाइलको आयातमा प्रतिबन्ध लगाउँदा पनि अवैध रुपमा आयात भएएर राजस्व असुली समेत प्रभावित भएको निष्कर्षमा समिति पुगिसकेको स्रोतले बताएको छ । 

‘३ सय अमेरिकी डलर भन्दा माथि मूल्य पर्ने मोबाइल फोनहरु बजारमा जताजतै छन्, विदेशी मदिराको खपत पनि घटेको छैन बरु बढेको छ’ उद्योग मन्त्रालय स्रोत भन्छ । 

जब आईफोनले चिठि लेख्यो

मोबाइलको हकमा मँहगा मोबाइलको आयातमा प्रतिबन्ध लगाउँदा पनि बजारमा उपलब्धता घटेको छैन । साथमा, विश्व बजारमा बहु चर्चित मोबाइल फोन ब्राण्ड आइफोनले नेपाल सरकारलाई नै आयातमा प्रतिबन्ध नलगाईदिन आग्रह गर्दै पत्र नै पठाएको छ । 

‘आइफोनले पत्राचार गरेको कुरा सत्य हो, उसले आयातमा प्रतिबन्ध नलगाइदिन अनुरोध गरेर सम्बन्धित मन्त्रालयमार्फत पत्राचार गरेको हो’ मन्त्रालय स्रोतले पुष्टि गर्यो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved