२५० सीसी सम्मका मोटरसाइकल र ६ सय डलर सम्मका मोबाइलको आयात खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 06:08:13 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १५० सीसी क्षमतादेखि २५० सीसी क्षमता भएका मोटरसाइकल र महँगा मोबाइल फोनको आयात खुलाएको छ । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गतेभन्दा अगाडी नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भईसकेका १५० सीसी क्षमतादेखि २५० सीसी क्षमता सम्मका मोटरसाइकलको आयात खुलाएको हो । 

त्यस्तै, साउन १ गतेभन्दा अगाडी नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भईसकेका ३ सय अमेरिकी डलरदेखि ६ सय अमेरिकी डलरसम्म मूल्य पर्ने मोबाइल आयात गर्न दिईने वाणिज्य मन्त्रालयले राजपत्रमा निकालेको सूचनामा जनाईएको छ । 

सँगै, बैशाख १३ गतेभन्दा अगाडी बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भईसकेका जीप, कार र भ्यानहरु, मोटरसाइकल, सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक) र स्मार्ट फोनको पनि आयात खुलेको छ । 

तर, साउन पछि आयातको प्रक्रिया सुरु गरेका १५० सीसी क्षमता माथिका मोटरसाइकल र ३ सय अमेरिकी डलर माथिका स्मार्ट फोनको आयात प्रतिबन्ध भने कायमै छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved