अर्थमन्त्रीको गुनासो, ‘एचआइडीसीयल र निफ्रालाई मर्ज गरौँ भन्दा कसैले टेरेनन्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2022 | 04:41:13 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीयल) र पूर्वाधार विकास बैंक (निफ्रा)लाई मर्ज गराउने आफ्नो प्रस्तावमा कसैको रुची नदेखिएको बताएका छन् । 

नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा अर्थमन्त्री शर्माले एचआइडीसीयल र निफ्रालाई एक आपसमा मर्ज गरेर ठूलो पूँजीको संस्था बनाउने प्रस्ताव आफूले राख्दा सम्बन्धित पक्षबाट रुची नदेखिएको बताएका हुन् । 

‘एचआइडीसीयल र निफ्रालाई मर्जर गर्ने प्रस्ताव राख्दा पनि त्यसमा रुची देखिँन’ उनले भने, ‘किन रुची देखिएा भन्दा एउटै संस्था बनाउँदा अर्को मान्छे सीइओ हुन पाउँदिन भन्ने स्वार्थ रहेछ ।’

अर्थमन्त्री शर्माले निफ्राले पूर्वाधार विकासमा लगानी जुटाउन प्रभावकारी भूमीका खेल्नुपर्ने बताएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved