सानिमा रिलायन्सको खुद नाफा ९३ प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2024 | 09:55:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा  रिलायन्स लाइफ ईन्स्योरेन्स कम्पनीको खुद नाफा ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ९२.९३ प्रतिशतले बढेको हो । 

कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३० करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीको खुद नाफा १५ करोड ८० लाख रहेको थियो । 

कम्पनीको प्रति शेयर आम्दानी ९.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४६ गुणा, नेट वर्थ १२६.९९ रुपैयाँ र प्रति शेयर कुल सम्पत्तिको मूल्य ४७६.१९ रुपैयाँ रहेको छ । 

४ अर्ब १८ करोड ४० हजार चुँक्ता पूँजी रहेको कम्पनीले दिर्घकालिन रुपमा १० अर्ब ८६ करोड र अल्पकालिन रपमा ६ अर्ब ३४ करोड २४ लाख रुपैयाँ लगानी गरको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved