नेपालले विश्व बैंकसँग ५३ अर्ब ऋण लिने, कहाँ हुन्छ खर्च ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 01:51:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र विश्व बैंकबीच ५२ अर्ब ९६ करोड रुपैयाँ सहुलीयतपूर्ण ऋण सम्बन्धी सम्झौता भएको छ । 

क्षेत्रीय यातायात तथा व्यापार आबद्धता वृद्धि तथा आबद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर अर्थात् ३४ अर्ब ९६ करोड नेपाली रूपैयाँ र डिजिटल नेपाल गति वृद्धि आयोजनाका लागि १४ करोड डलर अर्थात् १८ अर्ब नेपाली रूपैयाँ सहुलियत ऋण सम्बन्धि सम्झौतामा आइतबार हस्ताक्षर भएको हो ।

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा भएको सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा उल्लेख भए अनुसार क्षेत्रीय यातायात तथा व्यापार आबद्धता वृद्धि आयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकको ६९ किलोमिटर २ लेनको खण्डलाई जलवायु अनुकूल हुने गरी ४ लेनको राजमार्गमा स्तरोन्नती गरिनेछ । 

यस आयोजनाले राजमार्गमा इन्टरनेट र व्यापार सूचना सुविधा सहितका ३ वटा बजार क्षेत्र निर्माण गर्ने अपेक्षा लिइएको छ । 

डिजिटल नेपाल गति वृद्धि आयोजनाले डिजिटल नेपाल फ्रेमवर्कलाई सहयोग गर्नेछ । यस आयोजनाले ब्रोडब्यान्ड इन्टर्नेट सेवाको पहुँच बढाउन निजी क्षेत्रको पूँजी परिचालन गर्ने बताइएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved