अर्थमन्त्री शर्माको दाबी, ‘अब घर घरमै सहुलियत ऋण पुर्याउँछौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 01:22:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले सरकारी संस्थानमा भएको रकम लघुवित्त कोषमा राखेर घर घरमै सहुलियतपूर्ण कर्जा पुर्याउने महत्वकांक्षी योजना सुनाएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले यस्तो दाबी सुनाएका हुन् । 

घरमै सहुलियतपूर्ण कर्जा पुग्ने गरी लघुवित्त कोष बनाउने काम अघि बढाइएको पनि उनको भनाइ छ । 

‘सरकारी संस्थानको सीमित रकम कोषमा जम्मा हुनेछ, त्यहीँ रकम सहुलियत ऋणको रुपमा घर घरमा जानेछ’ अर्थमन्त्री शर्माले भने । 

उनले सहुलियत ऋणको सदुपयोग भएको छैन भन्ने संकेत गर्दै बैंकबाट कृषि ऋण लिएर घरजग्गा किन्ने परिपाटी अन्त्य हुनुपर्ने पनि बताए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved