मूल्यवृद्धि १२ प्रतिशत पुग्ने राष्ट्र बैंकको सर्वेक्षण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2022 | 04:15:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मुद्रास्फीति १२ प्रतिशत पुग्ने बताएको छ । राष्ट्र बैंक आफैँ गरेको एक सर्वेक्षणमा मुद्रास्फीति १२ प्रतिशत पुग्ने देखाएको हो ।

चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीति ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य लिइएको थियो । तर, प्रथम त्रैमासमै ८.५ प्रतिशत पुगिसकेको छ । 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै ३ महिना र एक वर्षपछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमशः १० र १२ प्रतिशत रहेको जनाएको छ । २०७९ असोज २३ देखि असोज २९ सम्म देशका ५७ सहरका ६० बजारक्षेत्रका व्यक्तिसँग अन्तवार्तामार्फत सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणमा २ हजार ४० जना सहभागी थिए । 

खाद्य र खाद्य समूहअन्तर्गतका गेडागुडी, दाल, चिनी र मसाला तथा गैरखाद्य र सेवा समूहबाहेक अन्य समूह तथा उपसमूहको मूल्यवृद्धि हुनेछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved