७०० प्रतिशत भाडा बढाएपछि उद्योगी आन्दोलित, सम्पूर्ण गतिविधि ठप्प पार्ने चेतावनी

भानुभक्त आचार्य

भानुभक्त आचार्य

Dec 11, 2022 | 01:40:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी स्वामित्वको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले  बढेको जग्गा भाडा भुक्तानीका लागि दबाब सिर्जना गर्दै उद्यागीलाई पत्र पठाएपछि उद्योगी आन्दोलनमा उत्रिएको छन् । २०७५ देखिको बढेको भाडा अहिले तिर्न सक्ने सम्भावना नरहेको भन्दै उद्योगी आन्दोलनमा उत्रिएका हुन्  ।

औद्योगिक क्षेत्र व्यवस्थापन लि.को २०७५ मङ्सिर ५ गतेको निर्णयअनुसार बढेको भाडा तिर्नुपर्ने भन्दै निर्णय भएको चार वर्षपछि कार्यालयले औद्योगिक प्रतिष्ठानलाई पत्र काटेपछि समस्या देखिएको हो । यतिबेला आर्थिक मन्दीले औद्योगिक प्रतिष्ठान थला पर्न लागेको अवस्थामा पनि सरकाले ४ बर्ष अगाडि गरेको निर्णय कार्यान्वयन गर्न खोज्नु असान्र्दभिक भएको उद्योग संघ मकवानपुरका पूर्बअध्यक्ष लेखराज पोखरेलले गुनासो गरे ।

कार्यालयले २०७५ देखिकै जग्गाभाडा भुक्तानीका लागि लिमिटेडबाट प्राप्त निर्देशनअनुसार हेटौंडा औद्योगिक क्षेत्रका उद्योग प्रतिष्ठानलाई पत्र काटेको हो । गत साउन २ गतेदेखि औद्योगिक क्षेत्र व्यवस्थापान लि.ले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई २०७५ सालदेखि नै बढेको भाडा भुक्तानीका लागि पत्र काटेको थियो । यो श्रृंखला अहिले पनि जारी रहेको भन्दै उद्योग संघले शुक्रबार एब बिज्ञप्ती जारी गर्दै यो कदमको बिरोध जनाएको छ ।

लिमिटेडले हेटौंडा औद्योगिक क्षेत्रको तत्कालीन भाडा दरमा एक सय ३३ प्रतिशत वृद्धि गरेर सोहीअनुसारको भाडा भुक्तानीका लागि उद्योगीलाई पत्र पठाएको थियो । पत्रअनुसार, हेटौंडा औद्योगिक क्षेत्रको प्रतिरोपनी १९ हजार ६ सय ९१ रुपैयाँका दरले प्रतिवर्ष भाडा भुक्तानी गर्नुपर्ने हुन्छ । 

कार्यालयले औद्योगिक क्षेत्रका एक सय ४९ उद्योगलाई पत्रसहित बिलसमेत पठाएको संघका अध्यक्ष स्वागतराज प्याकुरेलले जानकारी दिए । औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालय हेटौंडाका अनुसार ती उद्योगहरुलाई १४ करोड रुपैयाँ भन्दा बढी रकमको बिल पठाइएको छ ।

लिमिटेडको निर्णय र कार्यालयले पठाएको बिलअनुसार हेटौँडा औद्योगिक क्षेत्रमा १७ रोपनी जग्गा भाडामा लिएर सञ्चालन गर्दै आएको एक उद्योगको ९ लाख पाँच हजार रुपैयाँ भाडा भुक्तानी गर्न बाँकी रहेको देखिन्छ । उक्त निर्णयअनुसार उद्योगले सो भाडा तिर्नुपर्ने हुन्छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी लिमिटेडले जग्गा भाडा बढाउने निर्णय कार्यान्वयन गर्न लागेको भन्दै त्यसको उद्योग संघ मकवानपुरले विरोध जनाएको छ । उद्योग संघ मकवानपुरका अध्यक्ष प्याकुरेलले विज्ञप्ति जारी गर्दै नयाँ भाडा दर लागू गर्न लागेकोप्रति उद्योगी व्यवसायी एवं संघको पूर्ण असहमति व्यक्त गरेका छन् । 

विसं २०७५ मा भएको निर्णय कार्यान्वयन नगरेर हाल यो निर्णय तत्कालीन समयदेखि कार्यान्वयन गर्नु अन्यायपूर्ण हुने अध्यक्ष प्याकुरेलको भनाइ छ । संघले भाडावृद्धि आवश्यक नभएको तथ्याङ्कसहित सुझावसमेत पेश गरेको छ । उद्योगीले कुनै पनि हालतमा बृद्धि गरिएको भाडा नतिर्ने भन्दै निर्णय सच्याउन माग गरेका छन् । हेटौडा औद्योगिक क्षेत्रका उद्योगीहरुले भाडा वृद्धिको निर्णय फिर्ता लिन माग गर्दै १ हप्ते अल्टिमेटम दिएका छन् । उद्योग संघ मकवानपुरले सो अवधिमा माग पुरा नभए हेटौडा औद्योगिक क्षेत्रको सम्पूर्ण आर्थिक गतिविधि ठप्प पार्ने चेतावनी दिएको छ ।

२०७५ देखि २०७८ सम्मको समयमा जग्गा भाडलाई औद्योगिक प्रतिष्ठानले आफ्नो लागतमा जोडेर सोही बमोजिम सामानको मूल्य निर्धारण गरी सामान बिक्री भइको र सो समयमा गरिएको आर्थिक क्रियाकलापको अडिट समेत भइसकेका कारण पनि बढेको भाडा अहिले तिर्न असमर्थ रहेको संघका पूर्बअध्यक्ष पोख्रेलले बिजपाटीलाई बताए । 

यसैपनि आर्थिक मन्दीले उद्योगहरु धरासायी रुपमा रहेको र यही समयमा ४ बर्षदेखिको भाडाबृद्धिको निर्णयले उद्योग बन्द गर्न पर्ने अवस्था आउने भन्दै उद्योगीले बिरोध गरिरहेका छन् । भाडाबृद्धि गर्ने बैज्ञानिक आधार नभएका कारण समस्या आइरहेको उद्योगीको जिकिर छ । यतिबेला रुस–युक्रेनबीचको युद्धका कारण कतिपय कच्चापदार्थको मूल्यबृद्धि भएर उत्पादन नै कटौती गर्नु परेको र उद्योगको कूल क्षमताको ४० देखि ५० प्रतिशत मात्र उत्पादन भइरहेको पनि संघका अध्यक्ष प्याकुरेलले जानकारी दिएका छन् । 

No description available.

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved