अर्थमन्त्री भएको भोलीपल्टै पौडेलले विराटनगरका व्यवसायीलाई काठमाडौँ बोलाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 11:08:37 AM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुलाई छलफलमा बोलाएका छन् । सोमबार साँझ अर्थमन्त्रीको कार्यभार सम्हालेपछि उनले ब्याजदरको वृद्धि र चालूपूँजी कर्जा मागदर्शनको विरोधमा आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुलाई वार्तामा बोलाएका हुन् । 

विराटनगरका उद्योगी व्यवसायीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका थिए । निर्वाचन अगाडी पनि आन्दोलन गरेका उनीहरुले चुनावका लागि भन्दै स्थगित गरेको आन्दोलन गत बिहिबारदेखि पुनः चर्काएका थिए । उद्योगी व्यवसायीहरु हड्तालमै उत्रिएको बारे जानकार रहेका नवनियुक्त अर्थमन्त्री पौडेलले मंगलबार वार्तामा बोलाएका हुन् । 

मन्त्रीले वार्तामा बस्न अनुरोध गर्दै बोलाएपछि आन्दोलनको नेतृत्व गरिरहेका मोरङका व्यावसायिक संगठनले आन्दोलनलाई स्थगित गरेका छन्। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश नम्बर १ समितिले आन्दोलन रोकेका हुन् ।

उद्योगी व्यवसायीले बिहीबार र शुक्रबार नेपाल राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिएका थिए । आइतबार बिदा भएकाले सोमबार कार्यालय समय सुरु हुन अगावै पनि उनीहरुले धर्ना दिएर कर्मचारीलाई प्रवेशमा रोक लगाएका थिए । 

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालसँग मन्त्री पौडेलले टेलिफोनमा कुराकानी गरेका थिए । त्यसलगत्तै आज मंगलबार तीन वटै संस्थाका प्रतिनिधि काठमाडौँ आउँदैछन् । 

वार्तामा बस्दा एकल अंकको ब्याजदर र नवीकरण शुल्कका नाममा बैंकहरुले लिने अस्वभाविक शुल्क घटाउने मुख्य माग हुने व्यवसायीहरुले बताएका छन् । राष्ट्र बैंकले कात्तिक १ बाट लागू गरेको चालु पूँजी कर्जा मार्गदर्शन खारेज हुनुपर्ने माग पनि जोडदारका साथ उठाउने उनीहरुले बताएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved