अर्थसचिवले व्यवसायीसँग भने, ‘बजेट आउनु अगाडी बसौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 06:47:20 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयका सचिव तोयम रायले आयातकर्ता व्यवसायीसँग बजेट आउनुभन्दा अगाडी बस्ने (छलफल गर्ने) प्रस्ताव गरेका छन् । 

नेपाल समुन्द्रपार निकासी पैठारी संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अर्थ सचिव रायले भन्सारका सम्बन्धमा व्यवसायीहरुले उठाएका विषयमा छोटकरीमा जवाफ दिँदा अपुरो हुने भन्दै बजेट ल्याउनु अगाडी छलफलमा बस्ने बताएका हुन् । उनले भन्सार प्रशासन क्रमशः सुधार हुँदै गएको दाबी गर्दै यो निरन्तर चल्ने प्रक्रिया भएकाले सबै कुरा एकैपटक नहुने पनि बताए ।

‘तपाईहरुले सुधार गर्नुपर्यो भन्नु भएको छ, मैले अर्थ मन्त्रालय आवश्यक सुधार गर्न तयार छ भनेँ, आज मैले भन्ने यत्ति हो’ अर्थसचिव रायले भने, ‘तपाईहरुले उठाएका विषय नकारात्मक छैनन्, एक दिन छुट्टै बसेर छलफल गरौँला ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved