बजेट समीक्षाबारे अर्थ मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 09:00:05 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/०८० को बजेट समीक्षाका सम्बन्धमा आज आइतबार पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । 

बजेटको मध्यावधि समीक्षा सम्बन्धी जानकारी गराउन अर्थ मन्त्रालयले आज मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाए अनुसार पत्रकार सम्मेलनमा अपरान्ह ५ बजेका लागि तय गरिएको छ ।

सार्वजनिक मञ्चबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले बजेटको आकार अस्वभाविक भएको भन्दै मध्यावधी समीक्षामार्फत बजेटको आकार घटाउने संकेत गरिसकेका छन् ।

सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । कूल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत विनियोजन गरिएको छ । 

त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुट्याइएको छ ।

अनुमान गरिएको खर्चको स्रोत बेहोर्न आन्तरिक राजस्वबाट १२ खर्ब ४० अर्ब, वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड अपेक्षा गरिएको थियो । वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब गरी कूल ४ खर्ब ९८ अर्ब ४६ करोड रुपैयाँ बराबर ऋण लिएर बजेटको लक्ष्य पूरा गर्ने उल्लेख पनि बजेट भाषणकै क्रममा गरिएको थियो । 

गत आर्थिक वर्ष २०७८/०७९ मा सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएकोमा मध्यावधी समीक्षामार्फत त्यसलाई घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँ कायम गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved