काठमाडौँमा बहाल कर घरबेटीले तिर्नुपर्ने, नतिर्नेको सम्पत्ति नै रोक्का राखिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2023 | 12:22:21 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाभित्र घर बहाल (घर भाडा) बापतको कर घरधनी (घरबेटी)ले बुझाउनु पर्ने भएको छ । साझै, ठाउँ र प्रयोजन अनुसार करको दर फरक फरक हुने भएको छ ।

बहालको प्रयोजन, घरको प्रकृति, स्थान, बहाल कर लाग्‍ने क्षेत्रफल, आय अर्जनको अवस्था, व्यापार व्यवसायको महत्व, तल्ला वा मोहडा, बहाल अंक लगायतलाई आधार मानेर बहाल करको दर निर्धारण गरिने महानगरको ‘घर बहाल व्यवस्था निर्देशिका २०७९’ मा उल्लेख छ । 

निर्देशिकामा बहालमा दिएको घरको बहाल कर सम्बन्धित घरधनीले महानगरपालिका कार्यालमा बुझाउनु पर्ने छ । अर्थात्, बहालमा दिएको घरको बहाल कर तिर्ने दायित्व घरधनीको हुनेछ । यदि घरधनीले कर नबुझाएमा घर भाडामा लिने व्यक्ति आफैँले पनि कर बुझाउन भने सक्नेछ । तर, बहालमा लिने व्यक्तिले कर तिरेमा यसको निस्सासमेत घरधनीलाई उपलब्ध गराउनुपर्छ ।

साथै, बहालमा बस्नेले बहाल कर तथा अन्य दस्तुर बुझाएमा त्यसरी बुझाउँदाको रकम कट्टा गरेर मात्रै घर भाडा तिर्न पाउने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ ।

कसरी तोकिन्छ बहाल कर ?

निर्देशकाअनुसार घर बहालमा लगाउने व्यक्तिले आफूले घर बहालमा लगाएको विवरण वडा कार्यालयमार्फत महानगरपालिकामा बुझाउनुपर्छ । उक्त विवरणहरु हेरेर हरेक आर्थिक वर्षका लागि घर बहाल कर निर्धारण गरिन्छ । 

विवरण हेरेर कर अधिकृतले बहाल कर तोक्ने छन् । 

झुठा विवरण पेश गरे अधिकृत आफैँले कर तोक्ने 

निर्देशिका अनुसार तोकिएको ढाँचामा सत्यतथ्य विवरण नबुझाएमा कर अधिकृतले नै अधिकतम् बहाल कर निर्धारण गरी असुल गर्न सक्ने छन् । झुठा विवरण पेश गरी बहाल कर नतिर्ने, लाग्ने भन्दा कम तिर्ने वा बहाल कर छल्ने नियत देखिए अथवा झुठा विवरण पेश गरेको आशंका लागेमा यकिन गरी बहाल कर तोक्न सक्ने अधिकार निर्देशिकाले कर अधिकृतलाई दिएको छ ।

बहाल कर रकम अग्रीम रुपमा तिर्दा छुट पनि पाइनेछ । 

तर, बहाल कर तिर्न अटेर गर्नेलाई कर अधिकृतले ३ पटकसम्म मौखिक तथा लिखित अनुरोध गर्ने र यसरी ताकेता गर्दा पनि नतिरेमा सेवा रेक्का गर्ने, व्यवसाय भए उत्तः व्यवसाय बन्द गर्ने, व्यवसाय प्रमाण–पत्र रद्द गर्ने, सम्पत्ति रोक्का गर्ने र बैंक खाता बन्द गरी बहाल कर असुल गर्ने व्यवस्था गरिएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved