नियतवश हुने कसुर तथा भुलवश हुने गल्ती छुटयाई कारवाही गर्न उद्योगीको व्यवसायीको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 04:55:51 PM मा प्रकाशित

laxmi  sunrise bank

चोरी पैठारी नियन्त्रण तथा राजश्व चुहावटका साथै राजश्व विभागसंग सम्वन्धीत समसामयिक विषयमा उद्योगी व्यवसायी र विभागका महानिर्देशक नवराज ढुंगाना वीच उद्योग संगठन मोरङमा छलफल भएको छ । 

छलफलमा संगठनका अध्यक्ष राकेश सुरानाले नियतवश हुने कसुर तथा भुलवश हुने गल्ती छुटयाई अनुसन्धान पश्चात मात्र कारवाही अगाडी वढाउन विभागका महानिर्देशकलाई आग्रह गरे । शंका कै आधारमा व्यवसायी माथि भईरहेको धरपकडले व्यवसायीको सामाजिक प्रतिष्ठामा आच आई डर र त्रासको वातावरण सिर्जना भई लगानी संकुचित हुदै गएको उनले वताए । राज्यले गैर कानुनी कारोवारलाई निरुत्साहित गर्दा कानुनको अधिनमा रही व्यापार व्यवसाय गर्दै आएकाहरुको प्रोत्साहित गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । 

विभागका महानिर्देशक नवराज ढुंगानाले राजश्व चुहावट तथा चोरी पैठारी नियन्त्रणका लागि सरकार र नीजि क्षेत्रको सामुहिक प्रयास र विश्वासको वातावरण हुनुपर्ने वताए । आगामी दिनमा आन्तरिक व्यापार वित्तीय क्षेत्रको सुधारको अपेक्षा गर्दै कानुन सम्मत व्यसायक गरी राजश्वको लक्ष्य प्राप्तीमा सबै क्षेत्रको सहयोगका लागि अनुरोध गरे । उनले व्यापार र उत्पादन लागत घटाउन सुधारको आवश्यकता औल्याउदै यसका लागि सरकार र नीजि क्षेत्र दुवै जिम्मेवार हुनुपर्ने धारणा राखे । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भन्सारबाट सबै प्रकृया पुरा गरी छुटेका सामानलाई वीच वाटोमा चेकजांच गर्ने परिपाटीको अन्त्य गरी एउटै स्थान र निकायबाट सम्पूर्ण प्रकृया पुरा हुने व्यवस्था गर्न आग्रह गरे । संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले गैरकानुनी कृयाकलापमा संलग्न र कानुनसम्मत कारोवार गर्नेलाई राज्यले समान प्रकृतिको व्यवहार गर्दा नीजि क्षेत्रको मनोवल घटदै गएको प्रति ध्यानाकर्षण गराउदै व्यवसायमैत्री वातावरण वनाउनु पर्नेमा जोड  दिए । 

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष पवन शारडा, संगठनका उपाध्यक्ष्ँहरु, कार्यसमिति सदस्यहरु, मोरङ व्यापार संघ, इनरुवा, ईटहरी, झुम्का, सुनसरी उद्योग वाणिज्य संघ अध्यक्ष एवं राजश्व अनुसन्धान विभागका प्रतिनिधि र उद्योगी व्यवसायीको उपस्थिती थियो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved