सरकारी खाता ४३ अर्बले ऋणात्मक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 12:06:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको खर्च दिनप्रतिदिन बढ्दै जाँदा आम्दानी भने सो अनुपातमा बढ्न सकेको छैन् । बुधबारसम्मको तथ्यांक हेर्दा सरकारी खाता ४३ अर्ब २० करोड ११ लाख रुपैयाँले घाटामा देखिएको छ । 

यो आर्थिक वर्ष सरकारले बुधबारसम्म २ खर्ब ६ अर्ब ५३ करोड ५० लाख रुपैयाँ कुल प्राप्‍त गरेको छ । यो कुल लक्ष्यको १४ प्रतिशत मात्र हो । कुल प्राप्त गरेको रकममध्ये राजस्वबाट १ खर्ब ९१ अर्ब ६४ करोड ६० लाख रुपैयाँ संकलन भएको छ । जसमध्ये कर राजस्व १ खर्ब ७६ अर्ब ७३ करोड ५१ लख र गैर कर राजस्व १४ अर्ब  ९१ करोड ९ लाख रुपैयाँ संकलन भएको छ । 

अन्य शिर्षकमा सरकारले १४ अर्ब ८२ करोड ७२  लाख रुपैयाँ आम्दानी गरेको छ । अनुदान शिर्षकमा सरकारले ६ करोड १८ लाख रुपैयाँ प्राप्त गरेको छ । जुन कुल लक्ष्यको ०.१२ प्रतिशत हो । चालु वर्ष सरकारले ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेको छ । 

त्यस्तै यो अवधिमा खर्च भने लक्ष्यको १६.४५ प्रतिशत भएको छ । सरकारी खर्च २ खर्ब ४९ अर्ब ७३ करोड ६१ लख रुपैयाँ भइसकेको छ । जसमध्ये चालुतर्फ १ खर्ब ८७ अर्ब ८० करोड ३५ लाख रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको १६.४५ प्रतिशत हो ।

त्यस्तै यो अवधिमा १२ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । यो कुल लक्ष्यको जम्मा ४.१७ प्रतिशत हो । वित्तीय व्यवस्थापनतर्फ ४९ अर्ब ३४ करोड ९० लाख रुपैयाँ खर्च भएको छ । यो कुल लक्ष्यको १६.०५ प्रतिशत हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved