यसरी राज्य लुटेर सत्ता रिझाउँछन् राजश्वका हाकिम, मौकामा चौका हान्छन् व्यवसायी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 11:36:45 AM मा प्रकाशित

laxmi  sunrise bank

केहि साता अगाडी राजश्व अनुसन्धान विभागले राजश्व छली भएको भनेर दर्ता गरेको एउटा केश फिर्ता गरेको छ।  राजश्व छलीको आरोपमा सामान सहितको ट्रक समातेको  विभागले कुनै पनि प्रकिया अगाडी नबढाई उक्त फाइल बन्द गर्यो। 

पछि मुद्दा लाग्ने गरि सामान छोडेको विभागले मुद्दा प्रकिया अगाडी बढाउँन अनुसन्धान अधिकृत समेत तोकिएपनि प्रक्रिया मिलाएर उक्त 'केश'  रफादफा गर्यो। नेपालको दुईवटा ठूला व्यवसायिक घरानाको उक्त केश रफादफा गरीएपछि राजश्व छली गरिएको भनिएको करोडौं रुपैयाँ राज्यको ढुकुटीमा आउँनबाट रोकियो। 

संसारमा कसैले कसैलाई पनि सित्तैमा खाना खुवाउदैन भने जस्तै उक्त 'केश' यत्तिकै रफादफा नगरिएको स्वयम राजश्व अनुसन्धान विभागका एक अधिकारी बताउँछन्। हाकिमहरुको आदेश मान्नै पर्छ, राजश्व छली भएको भनेर समातिएको ट्रक कुनै कारबाही नगरी छोडिन्छ भने त्यसमा के छ भन्ने कुरा घामजस्तै छर्लङ्ग छ' ती अधिकारीले बिजपाटीलाई भने। 

राजश्व अनुसन्धान विभागको यो घटना एउटा मात्र होइन। नभई पछिल्लो समय प्रधानमन्त्री र मन्त्रीलाई खुसाएर आफ्नो ठाउँ सुरक्षित गर्ने प्रशासकहरुको संख्या बढ्दो छ। जसले गर्दा दिनहुँ राज्यको ढुकुटी रित्तिदै छ भने राजश्व छली र कालोबजारी गर्ने व्यवसायी भने मोटाउने क्रम बढेको छ। 

राजश्व छली र कालोबजारी गरेर कुम्ल्याएको पैसा एकातर्फ छ भने अर्कोतर्फ छली पत्ता लागेपछि सम्बन्धि सरकारी संयन्त्रले 'केश' मिलाउन लिने 'नजराना' को कारण उनीहरुको मनोबल थप बढेको छ। 

राजश्व अनुसन्धान विभागमा 'नजराना' चढाएर आफु विरुद्दको 'केश' रफादफा गराउन सफल यी दुई ठूलाव्यवसायिक घराना अहिले यहि मौका छोपेर आन्तरिक राजश्व बिभाग पनि प्रभावित पार्ने काममा लागेको स्रोतको दाबि छ। 

'सत्तामा भएकालाई एक ठाउँबाट चखाउन पायो भने अरु सबै ठाउँमा आफ्नो काम गराउनलाई यस्ता बाठा व्यवसायी सफल हुन्छन्' स्रोत भन्छ, 'यी व्यवसायीको काम नगरीदिने हो भने सत्ताको प्रयोग गरेर हामीलाई कि सरुवा गरिन्छ, कि अभियोग लगाइन्छ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved