सरकारले खुलायो केराउ, सुपारी र मरिचको आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2023 | 02:40:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले केराउ, सुपारी र मरिचको आयात खुला गरेको छ  । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै  औद्योगिक प्रयोजनका लागि मात्र ल्याउन पाउने गरि केराउ, सुपारी र मरिचको आयात खुला गरेको हो । 

 उद्योगको कच्चा पदार्थको रुपमा मात्र यी तीन प्रकारका वस्तु आयात गर्न पाइने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको सूचनामा भनिएको छ 'नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा बन्देज लगाई खण्ड ७२, अतिरिक्ताङ्क ३६, मिति २०७९।०५ । २१ को नेपाल राजपत्र २१ को नेपाल राजपत्र भाग ५ मा सूचना प्रकाशन गरेकोमा सोही दफाको उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी "उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि, २०७८" को प्रक्रिया पूरा गरी आ.व. २०८०/८१ को लागि औद्योगिक प्रयोजनको लागि मात्र कच्चा पदार्थको रुपमा केराउ (एच. एस. कोड ०७१३.१०.००), सुपारी (एच.एस. कोड ०८०२.८०.००), र मरिच (सेतो मरिच एच.एस.कोड ०९०४.११.२० र कालो मरिच एच. एस. कोड ०९०४.११.३०) पैठारी गर्न अनुमति दिने निर्णय गरेकोले यो सूचना प्रकाशन गरिएको छ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved