भारतमा पनि कक्षा १० र १२ को परीक्षा स्थगित भएको छ । भारतको आईसीएसई र सीबीएसई बोर्डले कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १० र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
आईएसईले १९ देखि मार्च ३१ सम्मका परीक्षा स्थगन गर्न निर्देशन दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । त्यस्तै सीबीएसईले पनि कक्षा १० र १२ को सबै परीक्षा स्थगित गरेको छ । सीबीएसईका सचिव अनुराग त्रिपाठीका अनुसार भारत र विदेशमा सीबीएसईको चलिरहेको परीक्षा मार्च ३१ सम्मको परीक्षा स्थगित भएको छ ।
उक्त स्थगित भएका परीक्षाहरु कहिलेदेखि सञ्चालन गर्ने भन्ने बारे अर्को बैठकबाट तय गरीने भारतीय सञ्चार माध्यहरुले जनाएको छ ।