नेपालमा अब पढ्ने र कमाउने सँगसँगै हुनुपर्छ, घोटाएर घोकाएर मात्र हुँदैन : राजेन्द्र मल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2024 | 10:25:36 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा पनि अब पढ्ने र कमाउने संगसंगै हुनुपर्ने बताएका छन्। मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटीबाट दीक्षित भएकाहरुलाई लर्डबुद्ध एजुकेशन फाउण्डेशनले आयोजना गरेको 'दिक्षान्त समारोह २०२४' लाई सम्बोधन गर्नेमा मल्लले यस्तो बताएका हुन् । 

विगतको शिक्षा शैलीमा आमुल परिवर्तन भईसकेकाले नेपालमा पनि अब पढ्ने र काम गर्ने वातावारण संगसंगै हुनुपर्ने बताउदै मल्लले विद्यार्थीको समयानुकुल पढ्ने समय निर्धारण गरिनुपर्ने बताए। 

बिहान पढेर दिउसो र बेलुका काम गर्ने वा बिहान बेलुका काम गरेर दिउँसो पढ्न पाउने गरेर पढाईसंगै कामलाई पनि जोड्न सकेमात्र नेपाली युवा बिद्यार्थीहरु स्वदेशमै अध्ययनको लागि बस्न सक्ने मल्लले बताए। पढ्ने र कमाउने नीति बनाउनु पर्ने बताउदै अध्यक्ष मल्लले आफुले यसको लागि राष्ट्रिय योजना आयोगमा समेत सुझाव दिएको बताए। कम्तिमा तीन-चार घण्टा काम गर्ने र केहि घण्टा पढ्ने वातावरण बनाउनुको विकल्प नभएको उनले जोड दिए। 

"स्वदेशमा कमाई संगै पढ्ने अवस्था ल्याउनु पर्छ, यसको लागि बिहान काम गर्ने र दिउसो पढ्ने वा तेस्तै गरि व्यवस्था गर्नुपर्छ, जे होस् अब पढ्ने र कमाउने संगसंगै हुने माहोल अनिवार्य छ" उनले भने, "घोकाएर र रटाएर मात्र हुँदैन, यसले शैक्षिक बेरोजगारीको सङ्ख्या बढ्दै गएको छ, जुन दुर्भाग्य हो।"

नेपालमा अहिले सूचना प्रविधिमा ब्याचलर र मास्टर गरेकालाई नेपालमै काम गर्ने माहोल मिलाउनलाई धेरै सहज रहेको समेत उनले बताए। यसको लागि चेम्बरले  सोहिअनुसारको नीति निर्माण गर्नलाई सरोकारवालाको ध्यानाकर्षण गरिरहेको समेत मल्लले बताए। 

सूचना प्रविधि सम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन् । मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनसँग सहकार्य गर्दै आएको लर्डबुद्धबाट एमएस्सी, एमबिए, बीबीएम र बिएस्सीमा १ सय ५० जना विद्यार्थी दीक्षित भएका हुन्। 

काठमाडौँमा मङ्गलवार आयोजित कार्यक्रममा लर्डबुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान र एसिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले प्रमाणपत्र हस्तान्तरण गरेका हुन। 

सूचना प्रविधि सम्बन्धी सबैभन्दा पुरानो कलेजको २५ वर्षको इतिहास १३ हजार भन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् । एसिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनले मलेसियामा फाईभ स्टार र्याङ्क प्राप्त गर्न पनि सफल भएको छ । सूचना प्रविधि सम्बन्धी सो विश्वविद्यालय मलेसियामा फाईभ स्टार र्याङ्क प्राप्त गर्ने पहिलो र विश्वका उत्कृष्ट विश्वविद्यालय मध्ये १६ औँ स्थानमा पर्न सफल भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved