नेपाली
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पाँच दलीय गठबन्धनका तर्फबाट
विद्रोह गर्ने उम्मेदवारले एमालेलाई सहयोग गरेको बताएका छन् ।
काठमाडाैं
शुक्रबार आयाेजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति बानिँयाले
गठबन्धनको तर्फबाट बागी उम्मेदवारी दिएका उम्मेदवारले एमालेलाई सहयोग गरेको बताए ।
‘कतिपय साथीहरूले विद्रोह गरेँ भन्नुभएको छ । उहाँले त एमालेलाई सहयोग गरेको
हो । हाम्रा उम्मेदवारलाई जिताएर अघि बढ्नुको विकल्प छैन्,’ उनले भने ।
एमालेबाट
उठेका उम्मेदवार केशव स्थापितलाई चयन गर्दा केपी ओलीले आफू जस्तै
हावादारी मान्छे खोजेको बताए । अनुशान नै नभएको मान्छेलाई ओलीले टिकट दिएको उनको आरोप
छ ।
राजनीति
न्याय, गरिब, सर्वहारा लगायतको लागि भएको भन्दै मेयरमा
सृजना सिंहलाई जिताएर जनताले न्याय दिने बताए ।
नेकपा
एमालेबाट उम्मेदवार बनेकी सुनिता डंंगोलतर्फ लक्षित गर्दै कलेज पढ्ने भर्खरको व्यक्तिलाई
उठाएको बताए । ‘कलेज पढ्नेलाई होइन,
नलेज हुनेलाई जिताउने हो । एमालेले भर्खरको कलेज पढ्नेलाई टिकट दिएको
छ,’ उनले भने ।