मतदान अगाडी नै ३९० जनप्रतिनिधि निर्विरोध निर्वाचित, सबैभन्दा बढी एमालेका (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2022 | 08:05:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मतदान अगाडी नै ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । बैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको मतदानअघि नै तीन जना गाउँपालिका अध्यक्षसहित ३९० जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन्।

उनीहरुले उम्मेदवारी दर्ता गरेको पदमा अन्य कुनै उम्मेदवारी नपरेपछि उनीहरु निर्विरोध निर्वाचन भएका हुन् । निर्विरोध निर्वाचित हुने सबैभन्दा धेरै नेकपा (एमाले) का छन् ।  एमालेबाट एक गाउँपालिका अध्यक्ष र २ उपाध्यक्षसहित १३७ जना निर्विरोध भएका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट एक गाउँपालिका उपाध्यक्षसहित ११५ जना निर्विरोध भएका छन् ।  नेकपा (माओवादी केन्द्र) बाट ६० जना निर्विरोध भएका छन् भने नेकपा (एकीकृत समाजवादी) बाट २ जना गाउँपालिका अध्यक्ष र एक जना उपाध्यक्ष सहित कुल ३५ जना निर्विरोध भएका छन् । त्यस्तै ३५ जना स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् 

हेर्नुस् निर्विरोध निर्वाचित हुनेको सूची


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved