स्याङ्जामा एमालेले आफ्नो उम्मेदवार टुंगो लगायो, गठ्बन्धनले पनि भागबण्डा टुंग्यायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 07, 2022 | 10:56:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि स्याङ्जामा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ। प्रतिनिधि सभाका लागि एमालेले स्याङ्गजाबाट पुरानै अनुहार दोहोर्याएको छ। एमालेले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा नारायण मरासिनी र क्षेत्र नं २ मा पदमा कुमारी अर्याललाई टिकेट दिएको छ। मरासिनी पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य हुन् भने उनले गत निर्वाचनमा नेपाली काँग्रेसका वर्तमान जिल्ला सभापति राजु थापालाई पराजित गरेका थिए। 

त्यस्तै स्याङ्गजा क्षेत्र नं २ बाट फेरि प्रतिनिधि सभाको टिकेट पाएकी पदमा कुमारी अर्याल पार्टीको केन्द्रीय सचिव हुन् भने उनले गत प्रतिनिधि सभाको चुनावमा नेपाली काँग्रेसका तत्कालीन उपसभापति एवं प्रभावशाली नेता गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्। 

यसैगरी स्याङ्जाको क्षेत्र नं १ प्रदेश क मा मीन गुरुङ र ख मा सुधीर कुमार पौडेललाई उम्मेदवार बनाइएको छ। गुरूङ अघिल्लो निर्वाचनमा प्रदेश १ ख बाट निर्वाचित भएका थिए भने पौडेल आँधीखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन्।  उनिहरु दुबै पार्टीको गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुनु। 

त्यस्तै क्षेत्र नं २ को प्रदेश क मा मोहन रेग्मी र ख मा बुद्धिमान श्रेष्ठलाई उम्मेदवार बनाइएको छ। रेग्मी निवर्तमान प्रदेश सभा सदस्य एवं पार्टीको गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष हुन। यसैगरी श्रेष्ठ पार्टीको प्रदेश कमिटी सचिवालय सदस्य हुन। उनि गत निर्वाचनमा चापाकोट नगरपालिकाको मेयर पदमा उपविजेता बनेका थिए। 

यता गठबन्धनले पनि स्याङ्गजाका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधि र प्रदेशसभाका लागि क्षेत्र तय गरेका छन्। गठबन्धनले स्याङ्गजा १ र २ बाट प्रतिनिधिसभाका लागि कांग्रेसको उम्मेदवार  निर्णय गरेको छ। 

त्यस्तै प्रदेशसभाका लागि स्याङ्गजा निर्वाचन क्षेत्र एकबाट माओंवादी केन्द्र र कांग्रेस तथा निर्वाचन क्षेत्र २ बाट समाजबादी र कांग्रेसको उम्मेदवार उठाउने सहमति गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved