नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल चुनाव नलड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2022 | 05:07:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले अन्तंत चुनाव नलड्ने घोषणा गरेकी छिन् । उनले मनोनयन दर्ताको अघिल्लो दिन मात्र चुनाव नलड्ने घोषणा गरेकी हुन् ।

उनले काठमाडौँ क्षेत्र नम्बर ४ अर्थात् नेपाली कांग्रेसका महामन्त्री गगन थापाको क्षेत्रबाट चुनाव लड्ने तयारी गरेको चर्चा थियो । तर उनले अस्वस्थ र दूषित भिडमा सामेल भएर प्रदूषित नहुने भन्दै चुनाव नलड्ने निर्णय गरेको सामाजिक संजाल मार्फत जानकारी दिएकी छिन् ।

उनले भनेकी छिन् 'विकृति, विसंगति र अर्कोतर्फ निर्वाचनको मुखमा देखिरहेको र देखिन सक्ने महँगो, अमर्यादित र अस्वस्थ प्रतिस्पर्धा, पुरानै अनुहारहरुले अनेक तिकडम गरेर नागरिकलाई भ्रममा पार्ने खेल, पार्टी र उम्मेदवारहरु बिचको एक आपसका आरोप प्रत्यारोप, चुनावी तालमेलका नाममा भएका भागबन्डा समेतको अस्वस्थ र दूषित भिडमा सामेल भएर प्रदूषित हुनु भन्दा यि तमाम विकृतिका विरुद्ध निरन्तर स्वतन्त्र ढङ्गले नै अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्दै यसपटकको अर्थात् मंसिर ४ को निर्वाचनमा मैले उम्मेदवारी नदिने निर्णय गरेकी छु ।'

उनले आफना समर्थक तथा शुभ चिन्तकहरुलाई निराश नहुन आग्रह गर्दै उपयुक्त समयमा आवश्यक तयारी सहित आफुप्रति देखाएको विश्वास र अपेक्षा अनि स्वस्फूर्त देखाएको शुभेच्छालाई सम्बोधन गर्नेगरी फर्कने प्रतिबद्दता जनाएकी छिन् । उनले सपटकका लागि वर्तमान राजनीतिक परिदृश्यमा देखिएका प्रदुषणलाई सफा गर्न, समाज र राष्ट्रको विकास र सम्वृद्धिका लागि आश्वासन भन्दापनि विश्वसनीय ठोस एजेन्डाका साथ इमानदार भएर घरदैलोमा आँखामा आँखा जुधाएर उपस्थित हुने कुनैपनि उम्मेदवारलाई व्यक्तिगत रूपमा शुभकामना रहने उल्लेख गरेकी छिन् ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved