अर्बपति बिनोद चौधरीले पनि पाए प्रत्यक्षतर्फको टिकट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2022 | 11:03:03 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्बपति बिनोद चौधरी पनि प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको चुनाव लड्ने भएका छन् । उनी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्ने भएका हुन्।

नेपाली कांग्रेसले उनलाई टिकट दिएको हो । उनी सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । चौधरी यस अघि नेपाली कांग्रेस कै समानुपातिक सांसद थिए । २०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए। चौधरी हाल कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य समेत छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved