स्वदेशी उत्पादन र उपभोगका लागि एमालेले ‘मेक इन नेपाल’ अभियान चलाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2022 | 02:52:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन र स्वदेशी उद्योगहरुलाई संरक्षणको नीति लिने घोषणा गरेको छ । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित घोषणापत्र सार्वजनिक गर्दै एमालेले स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । 

‘स्वदेशी कच्चापदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनमा जोड दिइनेछ, स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधी, सिमेन्टजस्ता वस्तुहरूको उपयोगमा प्रोत्साहन गरिने छ’ एमालेले भनेको छ, ‘यस्ता उत्पादनलाई प्रोत्साहित गर्ने गरी सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिइनेछ । भन्सार नियमनका माध्यमबाट समेत स्वदेशी उद्योग र उत्पादनलाई संरक्षण गरिने छ ।’ 

 ‘मेक इन नेपाल’ अभियान नेपालका नीजि क्षेत्रले यसअघि नै सुरु गरिसकेको अभियानलाई एमालेले राजनीतिक वृत्तबाट स्वीकार गर्दै घोषणापत्रमै समेटेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved