‘देश लुट्नेबाहेक गठबन्धनको कुनै उद्देश्य र गन्तव्य छैन’: ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 05:56:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७४ सालमा एमालेले एक्लै बहुमत नल्याउनुको कारणले अहिलको परिस्थिति बनेको बताएका छन् । कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेपछि उधुम मच्चाएको टिप्पणी गरे ।

उनले भने, ‘एकल बहुमतका लागि १३८ सीट चाहिन्थ्यो। एमालेले १२१ मात्रै ल्यायो । मैले प्रचण्डजस्ता पिँध नभएका यता लड्छ कि उता लड्छ ठेगान नै नभएका व्यक्तिलाई ल्याएर सरकार बनाएँ । पार्टी एकता गर्‍यौं । तर, उनले त घर र छानो भत्काएर, उखेलेर, च्यातेर उधुम गरे । पार्टी भत्काएर हिँडे । त्यतिमात्रै नभएर पार्टीभित्रै रहेका दाजुभाइ (माधव नेपाल र झलनाथ खनालसहित) लाई पनि लिएर हिँडे ।’

यसपल्ट एमाले एक्लैले देश र जनताको लागि बहुमत ल्याउन आवश्यक भएको बताए । कुनै भिजन नभएका केही नेता मिलेर राज्यको ढुकुटी रित्याएको आरोप लगाए ।  गठबन्धनका नेताहरुको कुनै गतव्य नै नभएको उनले जिकिर गरे । गठबन्धनको उदेश्य देश लुट्नेबाहेक केही नभएको ओलीको दाबी थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved