म यो क्षेत्रमा सच्चा नेपाली सिपाही बनेर खडा भएको छु – देवेन्द्रराज कँडेल [भिडियो]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 05:56:51 PM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासी क्षेत्र नम्बर १ बाट सत्तारूढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार बनेका देवेन्द्रराज कँडेलले आफूलाई कुनै किसिमको डर त्रास नभएको र अन्य कुनै पार्टी आफ्नो प्रतिस्पर्धी नरहेको दाबी गरेका छन् ।

ग्राउण्ड जिरो रिपोर्टिङका क्रममा नवलपरासीको महेशपुरस्थित उनको घरमा पुगेका बिजपाटीकर्मीसँग संक्षिप्त भिडियो कुराकानी गर्दै कँडेलले आफू त्यो क्षेत्रको तीनपटक सांसद रहेको र विकासका पूर्वाधारहरू तयार पारेको बताए ।  

'मलाई कुनै किसिमको डर त्रास छैन, कुनै पार्टी मेरो प्रतिस्पर्धी छ भनेर मैले सोचेको छैन,' उनले भने, 'यहाँका सबै मतदाताले मलाई मत हालेर बिजयी गराउनेछन् भन्ने मेरो विश्वास छ ।

उनले थपे, '२०५१, ५६ र ७४ गरी तीनपटक चुनाव जितें, ५१ मा बत्ती विद्युतीकरण थिएन । त्यति बेलादेखि नै विकासका पूर्वाधारहरू निर्माण हुन शुरुवात भएको हो । अरू पनि आए होलान् जनप्रतिनिधिहरू तर मेरो कार्यकालमा शुरुवात भयो । आज रामग्राम नगरपालिकाले सहरको रुप लिँदैछ । तौलिहवा र नवलपरासी सबैभन्दा पिछडिएको सदरमुकाम, हाइवे टच नभएको थियो, अहिले सहर बनेको छ ।'

उनले भुमहीबाट भैरहवा जाने बाइपास आफ्नै कार्यकालमा प्राथमिकतामा राखेको बताए । 'आज त्यो बाइपासले गर्दा र बीचमा मधेश आन्दोलन हुँदै गर्दा पूर्वमा जति कारखाना थिए, सबै विस्थापित भएर नवलपरासी आए, बाइपासको वरिपरी फ्याक्ट्री उद्योगहरू छन् । यही क्षेत्र र यही जिल्लाका अधिकांशले रोजगारी पाए,' उनले भने ।

उनले आफ्नो क्षेत्र विस्तारै औद्योगीक क्षेत्रका रूपमा विस्थापित हुँदै गरेको बताए । उनले २००४ सालदेखि आफ्नै घरमा छोटी भन्सार कार्यालय स्थापना भएको र आफ्नो तीन पुस्ताले त्यही थलोमा राजनीति गर्दै आएको बताए ।

'मेरो बुबा स्वयं २०१५ सालको प्रतिनिधि सभा सदस्य हो, त्यतिबेला एउटा छोटी भन्सार ल्याएर एउटा कोठामा खोलिएको थियो, 'उनले भने, '२०७४ को निर्वाचन जितेपछि आफ्नो कार्यकालमा मेरो पहिलो काम यसलाई मूल भन्सार बनाउने थियो । मूल भन्सार स्थापित भयो, बोर्डरबाट मूल भन्सार भएर व्यापारिक नाकाको रूपमा भएकाले त्यतापट्टीको बाटो चाहियो । पहिला साँघुरो बाटो थियो । स्थानीयलाई मैले कन्भिन्स गरेर यो ठाउँको विकासका लागि जग्गा मनाएँ ।'

उनले अबको आफ्नो प्राथमिकता नवलपरासीलाई पोखरा जोड्ने गरी कालिगण्डकी कोरिडोर सम्पन्न गर्ने रहेको दाबी गरे । 'अब मेरो क्षेत्रलाई पोखरासम्म जोड्न कालीगण्डकी कोरिडोर मेरो पहिलो प्राथमिकता हुनेछ,' उनले भने ।

उनले थपे, 'मैले यो ठाउँबाट राजनीतिक शुरुवात गरें, मधेशी थारु, पहाडी मूलका व्यक्तिबाट पनि विश्वास आर्जन गर्न सफल भएको छु । यो बोर्डरमा एउटा सच्चा नेपाली सिपाहीको रूपमा मैले आफूलाई उभ्याएको छु । नेपालीहरू भारतमा अप्ठेरोमा पर्दा पनि सम्झिने मलाइ हो ।' 

हेर्नुहोस् भिडियो - 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved