कसैको बहुमत आउदैन, कांग्रेस पहिलो पार्टी बन्छ : देउवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 06:30:19 PM मा प्रकाशित

laxmi  sunrise bank
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको बताएका छन्। शुक्रबार डडेलधुरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अरु कुनै पनि पार्टीको बहुमत आउने सम्भावना नरहेको भन्दै नेपाली कांग्रेस पहिलो पार्टी बन्नेमा दुई मत नरहेको बताएका हुन्।

‘अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउने सम्भावना छैन,’ उनले भने, ‘यो समावेशी संविधान हो। यसमा सबै जाती र जनजाती मिलाएर अगाडि बढ्न आवश्यक छ। त्यसैले सबै पार्टीले मिलेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो। मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा भने कुनै दुई मत छैन।’

पूर्वदेखि पश्चिमसम्म नेपाली कांग्रेस र गठबन्धनको पक्षमा मतदाता निकै सकारात्मक देखिएका उनको भनाई थियो। गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका देउवा बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए। बिहीबार डडेल्धुरा पुगेर अमरगढीमा चुनावी सभालाई सम्बोधन गरेका देउवा आज पनि चुनावी सभामै व्यस्त थिए।

देउवाले कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिकाको भद्रपुर र दिउँसो २ बजे भागेश्वर गाउँपालिकाको रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ भने २० गते बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved