भाषण गर्दै गर्दा कार्यकर्ताले 'भीम रावल खै' भनेर सोधेपछि जंगिए ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 10:41:11 PM मा प्रकाशित

laxmi  sunrise bank
कञ्चनपुरको सभामा केपी ओली डडेल्धुरामा कर्ण मल्ललाई एमालेलाई समर्थन गरेको र कसैलाई मन परे पनि, नपरे पनि उनैलाई सघाउन कार्यकर्तालाई निर्देशन दिँदै थिए। त्यस्तै, कर्ण मल्लको समूहले प्रदेश सभामा एमालेका उम्मेदवारलाई सहयोग गर्ने भनेको र त्यसको कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै थिए।

ओलीले भन्दै थिए 'नेकपा एमाले अरु कुनै बागी विद्रोही उम्मेदवारलाई समर्थन गर्छ भन्ने भ्रम नपाले पनि हुन्छ। त्यसकारण म हाम्रा कार्यकर्ता साथीहरूलाई डडेल्धुराका साथीहरूलाई आग्रह गर्न चाहन्छु– केन्द्रको निर्णय अक्षरशः जस्ताको तस्तै दृढताको साथ कार्यान्वयन गरेर अगाडि बढाउनुस्। त्यो आदेश र निर्देश पनि म पार्टी केन्द्रको तर्फबाट साथीहरुलाई भन्न चाहन्छु। अरु कुरा हुँदैन।'

त्यति नै बेला सभामा दर्शकदीर्घाबाट आवाज आयो– भीम रावल! ओली केही आक्रोशित जस्तो सुनिएर मञ्चबाट प्रतिवादमा उत्रिए– ’भीम रावलको तपाईंलाई किन चिन्ता प¥यो? ०४८ सालदेखि एकछिन् मुख खाली छैन। बुढो भइसक्नुभयो। बेकार किन भीम रावलको चिन्ता, अरुलाई पालो दिनुपर्दैन? एउटै भीम रावल, भीम रावल। केको खेती गरिराख्या?के भीम रावल? थुप्रो रावलहरू हुनुहुन्छ सुदूरपश्चिममा। थुप्रो रावलहरूलाई अगाडि बढाइन्छ।’

रावलले टिकट नपाएपछि एमालेको एउटा पंक्ति ओलीप्रति असन्तुष्ट छ। स्वयं रावलले पनि ओलीको आलोचना गर्ने गरेका छन्। यद्यपि, ओलीले यसअघि पनि रावलले ०४८ सालदेखि खाइरहेको बताएका थिए।  रावलले ०५१ को मध्यावधि निर्वाचनबाट संसदीय यात्रा सुरु गरेका थिए। ओली भने ०४८ देखि नै सांसद छन्। उनी ०६४ को संविधान सभा निर्वाचनमा मात्रै पराजित भएका थिए।

त्यसअघि पनि ओली बोलिरहँदा दर्शकदीर्घाबाट ’एमसीसी’ भन्दै उनको लय बिगारिदिएका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved