माओवादीले टिकट खोसेका बस्नेत भन्छन् : म स्वतन्त्र भएरै युवामैत्री काम गर्नेछु [भिडियो]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2022 | 11:38:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नवलपरासी क्षेत्र नम्बर २ को प्रदेश (क)का स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत प्रदेशस्तरमा बन्ने नीति नियम र कार्यक्रमहरूलाई युवामैत्री बनाउन आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् ।

ग्राउण्ड जिरो रिपोर्टिङका क्रममा रहेको बिजपाटी टीमसँग संक्षिप्त कुराकानी गर्दै बस्नेतले आफ्नो क्षेत्रको विकास निर्माणलाई पारदर्शी बनाउने र दीगो विकाससँग सम्बन्धित गराउने गरी आफूले राजनीतिमा भूमिका खोजेको बताएका हुन् ।  

'युवाहरूलाई सामाजिक र राजनीतिमा स्थापित गर्नुपर्छ भन्न एउटा उदाहरण सेट गर्न मैले उम्मेदवारी दिएको हुँ,' बस्नेतले भने, 'प्रदेश स्तरमा बन्ने नीति नियमहरू र अन्य कार्यक्रमहरूलाई युवामैत्री बनाउनुपर्छ । म त्यसैका लागि प्रयासरत छु ।'

उनले थपे, 'यहाँका युवाहरू बेरोजगार हुने र त्यसका कारणले विभिन्न कूलतमा लाग्ने र त्यो ऊर्जाशील समय खेर जाने समस्या रहेको छ । यसलाई समाधान गर्नका लागि स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने, यहाँका युवाहरूलाई उद्यमी बनाउनका लागि नीति निर्माण तहमै हस्तक्षेप हुनुपर्छ र म त्यो गर्छु ।'

उनले उद्यमी बन्न चाहने युवाहरूलाई सीड मनीको व्यवस्था गर्ने, त्यसलाई निगरानी गर्ने र उनीहरूले गर्न खोजेको कामको पर्पोजलका आधारमा लगानी लगाउने र व्यवसायीक बनाउने गरी योजनालाई अगाडि सार्ने गरी आफूले काम गर्ने उनको भनाइ छ ।

यसअघि माओवादी केन्द्रसँग आबद्ध भएर सामाजिक र राजनीतिक काममा होमिएका बस्नेत गठबन्धनको आधिकारिक उम्मेदवार थिए । तर मनोनयनको दिन चिनक कुर्मीलाई माओवादीले अघि सार्यो ।

सुनवल नगर कमिटीको अध्यक्षसमेत रहेका बस्नेतले पार्टीले पछि हट्न भनेपनि स्वतन्त्र रूपमा मनोनयन दर्ता गराए । उनी आफू कसैको प्रतिस्पर्धी नभएको दाबी गर्छन् । आयोगले उनलाई धारा निर्वाचन चिह्न दिएको छ ।

'मेरो प्रतिस्पर्धी छैन,' उनले भने, 'म कसैलाई हराउन पनि आएको होइन । मैले मतदातासँग सबैलाई जिताइदिनुस, तर मलाई एक नम्बरमा राखिदिनुस भनेको छु । पार्टीले गरेको निर्णयप्रति मेरो आपत्ति पनि छैन ।'

हेर्नुहोस् भिडियो -

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved