डडेल्धुरामा प्रधानमन्त्री देउवालाई ३२ किलोको माला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2022 | 05:23:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई ३२ किलोको मालाले सम्मान गरिएको छ। आइतबार उनको गृहजिल्ला डडेल्धुरामा ३२ किलोको मालाले देउवालाई सम्मान गरिएको हो। 

सयुंक्त लोकतान्त्रिक वाम गठबन्धन परशुराम नगरपालिकाले जोगबुढामा देउवालाई ३२ किलोको मालाले सम्मान गरेको जनाएको छ। देउवा चुनावी सभालाई सम्बोधन गर्न जोगबुढा पुगेका हुन् । 

भित्री मधेस क्षेत्रका विभिन्न समस्या र सरोकार समेटिएका ३२ वटा मागसहितको ज्ञापनपत्र बुझाउँदै देउवालाई ३२ किलोको मालाले सम्मान गरिएको गठबन्धनको दल नेकपा माओवादी केन्द्रका परशुराम नगर समितिका एक नेताले जानकारी दिए। ती नेताका अनुसार प्रधानमन्त्री देउवासहितका नेतालाई ‘गठबन्धनको माला’ले पनि बाँधिएको छ। गठबन्धनबीच एकता छ भन्ने सन्देश दिन सयपत्री फूलको एउटै मालाले प्रधानमन्त्री देउवासहित नेताहरुलाई बाँधिएको माओवादी केन्द्रका ती नेताको भनाइ छ।

यस्तै गत १७ गते गृह जिल्ला गएका देउवा आज धनगढी फर्कने छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved