ओली आउँदा एमाले प्रवेश, २ दिनपछि देउवा आउँदा कांग्रेसमा

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Nov 07, 2022 | 11:55:42 AM मा प्रकाशित

laxmi  sunrise bank

दार्चुलाको ब्यास गाउँपालिकाका नेता नविन धामी एमाले प्रवेश गरेको दुई दिनमै पुनः काँग्रेसमै फर्किएका छन्। गत शुक्रवार दार्चुलामा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका उनले आइतबार विज्ञप्ति निकाल्दै काँग्रेसमा फर्किएको बताएका छन्।

उनलाई केपी शर्मा ओलीले एमाले प्रवेश गराएको एमाले निकट एक नेता बताउँछन् ।‘ओली जीले स्वागत एमालेमा गर्नु भयो देउवा जीले फेरि कांग्रेसमा फर्काउनु भएछ ।’ उनले भने।

उनले एमाले प्रवेश गर्नु आवेशमा विवेक गुमाएपछिको अकल्पनीय घटना भएको अर्थ लगाएका छन्। नेपाली काँग्रेसको क्रियाशील सदस्य हुँदै नेविसंघ व्यास गाउँपालिकाको संयोजकसमेत रहेका धामीले गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफ्नो वडा र गाउँपालिकामा काँग्रेसलाई जिताउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

‘आफूप्रति आफ्नै पार्टीका साथीहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएको कारण आक्रोशमा एमाले प्रवेश गर्ने मानसिकता बनाई आफूहरुले सो कदम चालेको तर मन भने काँग्रेस नै छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved