७ हजार बढी मतले प्रचण्डलाई जित्छौं: कविन्द्र बुर्लाकोटी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 07, 2022 | 03:25:03 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखा २ बाट प्रतिनिधि सभामा निर्वाचन लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ७ हजार बढीको मतान्तरले आफूले निर्वाचन जित्ने दाबी गरेका छन् । चुनाव प्रचार-प्रसारका क्रममा रहेका बुर्लाकोटीले ग्राउण्ड जिरो रिपोर्टिङका क्रममा रहेको बिजपाटीको टीमसँग बाह्र किलोमा संक्षिप्त कुराकानी गर्दै आफूले जित्ने सुनिश्चित भएको बताएका हुन् ।

'बाहिर आवरणमा त गठबन्धनकै तामझाम देखिएको जस्तो छ,' उनले भने, 'तर यतिबेला गोर्खालीको मन फेरिएको छ । हेर्नुहोला, माओवादी, कांग्रेस र एमालेको धेरै भोट हामीलाई आउँछ ।' गोरखा-२ मा एमालेका तर्फबाट अब्दुस मियाँ चुनाव लड्दै छन् भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लडाईंमा होमिएका छन् ।

बुर्लाकोटीले आफू बाहिरी प्रचारमा नभई आन्तरिक रूपमा चुनाव जित्ने तयारी गरिरहेको बताए । 'मैले बाहिर हल्लाखल्ला गर्न त्यति आवश्यक ठानेको छैन,' उनले भने, 'आन्तरिक रूपमा मैले चुनाव जित्ने सम्पूर्ण तयारी गरेको छु ।'

गत २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट डा. बाबुराम भट्टराईले जितेका थिए । अहिले भने तिनै बाबुराम भट्टराईले गठबन्धनका तर्फबाट उठेका प्रचण्डलाई साथ दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved