'आचारसंहिता मिच्ने ३२ किलोको माला'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2022 | 08:32:24 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले हिजो (सोमबार) चुनाव प्रचार प्रसार गर्न रोक लगाइयो भन्दै सामाजिक संजालमा पोस्ट गरे ।  पोस्ट गरेको केही समयमै  विभिन्न अनलाइनको हेडलाइन बन्न पुगे । 

सामाजिक संजालमा पोस्ट भएको भिडियोमा प्रहरीले उनीसङ्ग गरेको ब्यबहार  प्रस्टसँग देख्न सकिन्छ । भिडियोमा प्रहरीले उनलाई सानो आवाजमा चुनावी प्रचार गर्न सुझाएको देख्न सकिन्छ । उनका सहयोगीहरु भने प्रधानमन्त्री शेर बहादुर देउवाले गरेको चुनावी भाषणको उदाहरण दिदै आफुहरुले पनि प्रचार गर्न पाउनु पर्ने माग गर्छन् ।

सागर ढकालले प्रचार गर्न रोक लगाइयो भनेको दुई दिन अघि (सोमबार) मात्र नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा चुनावी प्रचारमा डडेल्धुरा होमिएका थिए । देउवाले सम्बोधन गरेको उक्त कार्यक्रममा गठबन्धनले कार्यकर्ता उतार्न ४५ गाडीको प्रयोग गरेर शक्ति प्रदर्शन गरेको थियो ।

देउवाले कात्तिक १९ गते अजयमेरु गाउँपालिकाको भद्रपुरमा र  भागेश्वर गाउँपालिकाको रूपालमा सम्बोधन गरे। उनको चुनावी तालिका अनुसार २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा सम्बोधन गरे।  जहाँ उनलाई ३२ किलोको माला लगाउने कार्यक्रम तय थियो । भित्री मधेस क्षेत्रका विभिन्न समस्या र सरोकार समेटिएका ३२ वटा मागसहितको ज्ञापनपत्र बुझाउँदै देउवालाई ३२ किलोको मालाले सम्मान गरियो । सयपत्री फूलको एउटै मालाले प्रधानमन्त्री देउवासहित नेताहरुलाई बाँधिएको फोटो सामाजिक संजालमा भाइरल बने। यसलाई उनीहरुले ‘गठबन्धनको माला’ भनेर संज्ञा दिए।

प्रधानमन्त्री देउवालाई ३२ किलोको माला लगाइएको तस्बिरमा देउवा भन्दा मालाले बढी चर्चा पायो । तर, प्रधानमन्त्रीको छेउमै निर्वाचन आचारसंहिताको धज्जी उडेको कसैले देखेन । नितान्त चुनावी सभा रहेको उक्त कार्यक्रममा देउवालाई ३२ किलोको माला लगाउन परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशी उनकै छेउमा देख्न सकिन्छ ।

 प्रधानमन्त्रीकै उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा निर्वाचन आचारसंहिताको धज्जी उडेको प्रष्ट देख्न सकिन्छ ।  सरकारी कार्यालयमा कार्यरत जो कोहीलाई पनि चुनावी प्रचारमा सरिक नहुने निर्देशनमा मेयर जोशीको उपस्थिति निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७९ विपरीत छ।नगर प्रमुख जोशीको उक्त कार्य निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ (पहिलो संशोधन) परिच्छेद-३ द्वारा विपरीत हुन आउँछ ।

नगर प्रमुखको उक्त कार्यले निर्वाचन आचारसंहिता मिचिएको छ । अहिले धेरै व्यक्तिहरूले देउवाले लगाएको उक्त मालालाई 'आचारसंहिता मिच्ने माला'का नामले पनि चित्रण गर्न थालेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved