मुख्यमन्त्रीका लागि भद्र सहमति भएको हो, लिखित होइन: सुरेन्द्रराज पाण्डे (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 08:48:54 PM मा प्रकाशित

laxmi  sunrise bank

गोरखा क्षेत्र नम्बर २ (ख) मा सत्ता गठबन्धनबाट प्रदेश सभा उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई गण्डकी प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा हेरिएको छ । केहि दिन अगाडी उनको लागि भोट माग्दै डा. बाबुराम भट्टराईले सुरेन्द्र पाण्डे भोलिको मुख्यमन्त्री भएको बताएका थिए 

 पाण्डेले आफ्नो चाहना प्रतिनिधिसभा मै लड्ने र गोरखा २ मै लड्ने रहेको भएपनि गठबन्धनसँग चुनावी तालमेल गर्दा गोरखा २ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिईएको र पार्टीले तथा गठबन्धनले आफुलाई प्रदेशसभामा उठाएको उनले बताए । उनले मुख्य मन्त्रीको विषयमा भद्र सहमति भएको स्वीकार गरे । बिजपाटीसँगको कुराकानीमा उनले बाहिर आएजस्तो लिखित सहमति नभएको तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गठबन्धनका शिर्ष नेताहरुसँग यस विषयमा भद्र सहमति भएको बताए । उनले यसबारे माओवादी अध्यक्ष प्रचन्ड र आफ्नो पार्टी सभापति शेर बहादुर देउवाले सल्लाह गरिसकेको बताए । उनले यसबारे थप जानकारी लिन प्रचण्डलाई सोध्न आग्रह गरे ।

उनले यस अघि पनि आफुले केन्द्रमा चुनाव लड्न चाहेको तर पार्टीले बाबुराम भट्टराईलाई टिकट दिएपछि पार्टीले नै आफुलाई राष्ट्रिय सभामा पठाएको बतए । पार्टी निर्णय अनुसार नै आफु अगाडी बढेको उनको भनाई छ । 

हेर्नुस् उनीसंगको कुराकानी : 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved