गठबन्धनको चुनावी प्रचार : बाहिर ब्यानर, भित्र तस्करी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2022 | 01:37:18 PM मा प्रकाशित

laxmi  sunrise bank

चुनाव प्रचारको नाममा प्रयोग भएका सवारी साधनमा विभिन्न तरिकाले तस्करी हुन थालेको छ। नेपाली काँग्रेस र माओवादीका उम्मेदवारहरुको प्रचार गर्ने नाममा सुर्खेतमा काठ तस्करी हुँदै गरेको सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सुर्खेतमा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुको प्रचारमा प्रयोग गरिएको फ्लेक्स ब्यानर र झण्डाले छोपेर काठ तस्करी भएको हो। निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका हृदयराम थानीलगायतको प्रचार सामाग्रीले छोपेर चिरानी गरिएका काठ लैजाँदा गर्दा प्रहरीले पक्रेको बताइन्छ।

उक्त क्षेत्रबाट प्रदेश सभामा काँग्रेसका कालीप्रसाद शाक्य र माओवादीका तर्फबाट विन्दमान विष्ट उम्मेदवार छन्। त्यसैगरी समानुपातिक उम्मेदवारहरुमा काँग्रेसका सञ्जुसिंह विश्वकर्मा, जानकी सिंह, लोकबहादुर विश्वकर्मा र माओवादीका हरिमाया शर्मा र देवीसरा विक छन्। काठ लोड गरिएको पिकअपको पछाडिको भागमा ठूलो ब्यानर झुण्डाइएको थियो भने दायाँ बायाँ काँग्रेस र माओवादीको झण्डा फहराइएका थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved